नेपाली नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखा ले अप्रिल १२ तारिक फेन्थेकमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।
दक्षिण कोरियामा सक्रिय राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखा ले हरेक वर्षझैं यसपालि पनि आउँदै गरेको नेपाली नयाँ वर्ष २०८३ को अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको हो।
प्रतिष्ठानद्वारा जारी सूचनाअनुसार उक्त कार्यक्रममा सल्लाहकार, साधारण सदस्य तथा कार्यसमितिबीच भेटघाट तथा शुभकामना आदानप्रदान गरिनेछ। साथै कार्यक्रमलाई पारिवारिक जम्घटको रूपमा समेत आयोजना गरिने जनाइएको छ। गत अप्रिल ५ तारिख बसेको भर्चुअल बैठकले कार्यक्रम अप्रिल १२ तारिख आइतबारका दिन निरमाया रोधी क्लब, फेन्थेकमा आयोजना गर्ने निर्णय गरेको हो।
प्रतिष्ठानले लोकगीत–संगीतमा अभिरुचि राख्ने सम्पूर्ण कलाप्रेमीहरूलाई पनि कार्यक्...