दक्षिण कोरियामा सक्रिय नेपाली संस्था पूर्वी नेपाल समाज दक्षिण कोरिया ले नेपाली नयाँवर्ष २०८३ को अवसर पारेर आगामी अप्रिल २५ तारिख शनिबार भव्य साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
नेपाली साङ्गीतिक क्षेत्रमा उदाउँदै गरेका कलाकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको उक्त कार्यक्रममा दक्षिण कोरियामै रहेका नवप्रतिभाशाली कलाकारहरूका साथै नेपालबाट समेत ३ जना कलाकारलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ।
सन् २०१५ मा स्थापना भएको यस संस्थाले नेपालको प्रादेशिक संरचना अनुसार प्रदेश नम्बर १ (कोशी प्रदेश) का नेपालीहरूको प्रतिनिधित्व गर्दै आएको छ। स्थापना कालदेखि नै विपत्तिमा परेका नेपालीहरूको उद्धार, नेपाली कला–संस्कृति तथा पर्यटन प्रवर्द्धनमा केन्द्रित विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको संस्थाले जनाएको छ। प्रस्तुत कार्यक्रम पनि सोही अभियानको निरन्तरता भएको उल्ले...