Advertisement
Advertisement

Day: २८ पुष २०८२, सोमबार १३:२६

राप्ती समाज दक्षिण कोरियाद्वारा ‘राप्ती सांस्कृतिक साँझ तथा रात्री भोज २०२६’ आयोजना हुने

राप्ती समाज दक्षिण कोरियाद्वारा ‘राप्ती सांस्कृतिक साँझ तथा रात्री भोज २०२६’ आयोजना हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
कोरियन नयाँ वर्ष तथा महाशिवरात्रिको पावन अवसरमा प्रवासी भूमिमा रहँदै आएका नेपाली समुदायबीच आपसी एकता, सद्भाव र भाइचारा कायम गर्नुका साथै मातृभूमिको कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले राप्ती समाज दक्षिण कोरिया ले फेब्रुअरी १५ तारिक सौलमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। समाजले आगामी फेब्रुअरी १५, २०२६ (आइतबार) का दिन ‘राप्ती सांस्कृतिक साँझ तथा रात्री भोज कार्यक्रम २०२६’ आयोजना गर्न लागेको जनाएको छ। कार्यक्रम साँझ ६ः३० बजे देखि सउल सिटी, जोङनो-गु, जोङनो ६३–८ (२ तला, पानोरोमा हल) मा हुने छ। कार्यक्रममा बागलुङे नौमती पञ्चेबाजा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, दक्षिण कोरिया शाखा को लाइभ म्युजिक प्रस्तुति, विविध नृत्य कार्यक्रम, मादल, बाँसुरी लगायतका वाद्ययन्त्रको साथमा राप्ती क्षेत्रको स्थानीय झ्याउरे नाच प्रस्तुत गरिने आयोजकले जनाएको छ। साथै सहभा...
फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने

फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दक्षिण कोरियाको चौथो ऐतिहासिक अधिवेशन आगामी २०२६ फेब्रुअरी ८ तारिख (आइतबार) का दिन सम्पन्न हुने भएको छ। फोनिज दक्षिण कोरियाको कार्यसमितिको हालै सम्पन्न बैठकले अधिवेशनको मिति र स्थान टुंगो लगाएको हो। कार्यवाहक अध्यक्ष उत्तम खजुम को अध्यक्षतामा बसेको बैठकले सउलस्थित दोङदेमुनको ‘नेपाली थाइ रेस्टुरेन्ट’ को सभाहल मा अधिवेशन आयोजना गर्ने निर्णय गरेको जनाएको छ। अधिवेशनको मिति सार्वजनिक गर्दै कार्यवाहक अध्यक्ष खजुमले सोही दिन अन्य संघ–संस्थाहरूलाई आफ्ना कार्यक्रमहरू नजुधाइदिन आग्रह गरेका छन्। उनले भने, “संस्थाको साङ्गठनिक सुदृढीकरण तथा नयाँ नेतृत्व चयनका लागि चौथो अधिवेशनको मिति घोषणा गरिएको हो। यस ऐतिहासिक अवसरलाई सफल बनाउन सबैको सहयोगको अपेक्षा गर्दछौँ।” अधिवेशन सफल बनाउन कार्यसमिति तथा सल्लाहकारहरू तयारीमा सक्रिय रूपमा जुटिसकेको जनाइएको छ। अध...