सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९औँ साधारण सभा तथा अधिवेशन जनवरी १८ मा हुने
सउल, दक्षिण कोरिया— सुदूरपश्चिम समाज दक्षिण कोरियाले आगामी जनवरी १८ तारिखमा आफ्नो १९औँ साधारण सभा तथा अधिवेशन आयोजना गर्ने भएको छ। वार्षिक समीक्षा, सामाजिक गतिविधिहरूको मूल्यांकन तथा आगामी कार्ययोजनाबारे छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ।
समाजले दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण सुदूरपश्चिमेली दाजुभाइ तथा दिदीबहिनीहरूलाई साधारण सदस्यता लिन पनि हार्दिक अनुरोध गरेको छ। सदस्यता समाजको सुदृढीकरण तथा समुदायको सक्रिय सहभागिताका लागि महत्वपूर्ण हुने समाजको भनाइ छ।
कार्यक्रमसम्बन्धी थप जानकारी समाजले निकट भविष्यमा सार्वजनिक गर्ने बताइएको छ।...

