मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
धर्मकर्ममा मन लाग्नेछ, शरिरमा शान्ती र मुहारमा कान्ति छाउनेछ , छोटो दुरिको धार्मिक यात्रा हुनेछ । दुर्गा देविलाइ स्मरण गर्दै कार्य आरम्भ गर्दा राम्रो फल पाइनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
कार्यशैलिले अरुको मन सजिलै जित्न सकिनेछ कर्म गर्दा सोचेको फल प्राप्त हुनेछ, पदोन्नति हुने योग रहेको छ, मन प्रफुल्ल रहला । भगवान भोलेनाथको नाम जप्दै कार्य प्रारम्भ गर्दा राम्रो फल पाइनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
बिपरित लिङ्गप्रती आकर्षक बढ्नेछ भने पति पत्निमा सुमधुरता छाउनेछ । दिनको प्रारम्भमा गौमाताको दर्शन गर्दा दिनभरी नै शारीरिक शान्तिको आत्मानुभुती हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
रोगको भय छ रिणमा पनि बृद्दी हुने देखिन्छ भने शत्रुहरु हावी हुनेछन सचेत रहनुहोला । दिनको पुर्वार्धमा महाकाल भैरवको उपासना गर्दाले कठिनाइहरुको सामना गर्...