मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको दिन त्यति राम्रो छैन । आटे सोचेका कामहरुमा बाधा व्यावधानहरु आईपर्ने सम्भावना रहेको छ । पञ्चामृत पान गरेर मात्र लामो दूरीको यात्रा गर्नु उपयुक्त हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
वित्तिय संघ संस्थाबाट लाभ हुने योग रहेको छ । धनोत्तरी बढेर जानेछ । मनमा सुख शान्ति रहने देखिन्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पराक्रम बढेर जानेछ । लामो दूरीको यात्रा नगर्दा उपयुक्त हुनेछ । काम बन्न हम्मे हम्मे बन्नेछ । सचेतता अपनाउनुपर्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आज पढाई लेखाइको क्षेत्रमा सफलता मिल्नेछ। विगत देखिको अधुरा काम कार्यहरु बन्नेछ । बाणीमा मधुरता छाउनेछ साथै आफन्तबाट माया पाउने योग रहेको छ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
दुख व्यावधान र पराक्रम बढेर जानेछ। आटे सोचेका कामहरुमा बाधा व्यावधानहरु आईपर्ने सम्भावना रहेको छ ।...