मनसरा ओन्याङओन्छनमा मे १२ मा प्रदर्शन हुने
गत वर्षको बैशाखमा प्रदर्शन भएको फिल्म ‘जारी’बाट निर्देशनमा डेब्यू गरेका कवि उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय बहुप्रतिक्षित चलचित्र “मनसरा” दक्षिण कोरियाको ओन्याङओन्छनमा मे १२ मा प्रदर्शन हुने भएको छ ।
उपेन्द्र सुब्बाको पहिलो फिल्म “जारी” ले नै बक्स अफिसमा ठूलो सफलता पाएको थियो। अब उनको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’ बैशाख २१ गतेबाट विश्वभर प्रदर्शन हुँदैछ । किरात याक्थुम चुम्लुङ दक्षिण कोरिया केन्द्र तथा ३ शाखाको संयुक्त र नेपाल आदिवासी जनजाति महासंघ द.कोरिया (जातीय संस्था) र पूर्वाञ्चल सरोकार समाज कोरिया क्षेत्रिय संस्थाको सहकार्यमा कोरियाको प्रदर्शन सर्वाधिकार लिएर अन्य शहरमा फिल्म बितरण गरिरहेको मनसरा ओन्याङओन्छनमा भने धनकुटा सेवा समाज दक्षिण कोरियाले "आपतकालिन राहतकोष स्थापना सहयोगार्थ" स्वरुप मे १२ तारिख मा ओन्याङओन्छन सहरमा प्रदर्शन गर्न भएको हो।
उपेन्द्र सुब्बा स्वयंको लेख...

