मेष (चे,चो,ला,लि,लू,ले,लो,अ)व्यावसायमा लगानी गरि प्रशस्त आम्दानीगर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पति परिचालन गरि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने शिक्षा क्षेत्रको लगानी फस्टाएर जानेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)परिवारका सदस्यबाट तपार्ईँको काममा सहयोग नहुन सक्छ । बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धि भने नगन्य जस्तै हुनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै मिहिनेत गर्नुपर्ला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)सवारि साधनको खरिदबिक्रि गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोष जनक प्रगति भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)दाजुभाई तथा आफन्तको सहयोगमा व्यापारमा लगानी गरि प...