मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा राम्रो प्रगति हुनेछ। आय बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ । हिसाबकिताबमा सजग रहनुहोला । सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले...