नेपाल कोरिया भलिबल संघ दक्षिण कोरिया को तेश्रो अधिवेशन यहि आइतबार मार्च १९ मा हुने
बोम्जन गुरुङ /दक्षिण कोरिया: नेपालको राष्ट्रिय खेल भलिबल खेल विकास र प्रवर्द्धनका लागि कोरियामा सन् २०१७ स्थापित नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशन यही मार्च १९ मा हुने भएको छ । सउलको दोङ्म्यो आफ स्थित नमस्ते रेष्टुरेन्टको हलमा सो अधिवेशन हुने भएको हो ।
"विकास, अनुशासन र गतिशीलता स्वास्थ्य, मित्रता, एकता र राष्ट्रका लागि खेलकुद सहभागिता" भन्ने नारा सहित स्थापना कालदेखि आफ्नो मातहतमा रहने गरी कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताको बाँडफाँड र सञ्चालनमा अभिभावकत्व प्रदान गरिरहेको यस संघले सोही दिनमा सन् २०२३ सिजनभरीकै लागि प्रतियोगी बाँडफाँडको तयारी गरिरहेको संघका अध्यक्ष भजिन्द्र क्षेत्रीले जानकारी दिए ।
सो दिनमा हुने संघको ऐतिहासिक तेश्रो अधिवेशन २०२३ सँगै विगत ३ बर्षदेखि काेभिड...