Advertisement
Advertisement

Day: २ फाल्गुन २०७९, मंगलवार १०:२५

नेपालबाट इपीएसमार्फत् अझ बढी श्रमिक कोरिया लैजाने विषयमा छलफल

नेपालबाट इपीएसमार्फत् अझ बढी श्रमिक कोरिया लैजाने विषयमा छलफल

Breaking News, अन्तराष्ट्रिय, देश, राजनीति, राष्ट्रिय खबर, समाचार
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको आठ जनाको टोलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा मंगलबार विहान भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक सहयोग आदानप्रदानलगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको थियो । भेटवार्तामा इपीएसमार्फत् अझ बढी श्रमिक कोरिया लैजाने, दक्षिण कोरियाबाट नेपालमा प्राप्त सहयोग बढाउने विषयमा पनि छलफल भएको थियो । आउँदो वर्ष नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध सुरु भएको ५० वर्ष पुग्ने भएकाले त्यसलाई भव्यताका साथ मनाउने विषयमा पनि छलफल भएको जनाइएको छ ।...