बिक्रम बज्यू , दक्षिण कोरिया - नेपाली राजदूतावास, दक्षिण कोरियाको आयोजना र NRNA दक्षिण कोरियाको व्यवस्थापनमा मिति २०२३ फेब्रुअरी १ तारिख, बुधबारको दिन “नेपाल लगानी सेमिनार- २०२३ हुने भएको छ।
विशेष गरि कोरियन ब्यापारी तथा लगानी कर्ताहरु लाई नेपालमा व्यवशाय खोल्न अथवा नेपाली व्यवशाय तथा परियोजनाहरुमा लगानी गर्न उत्प्रेरित गर्ने उद्देस्यले आयोजना गर्न लागिएको गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्यव परिषद् (NRNA ) , दक्षिण कोरियाका अध्यक्ष दिपक पुन ज्यूले जनकारी गराएका छन्। साथै सम्पूर्ण कोरिया बासी नेपाली हरुलाई कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध समेत गरेका छन्।
कोरोनाको कारण दुई वर्ष यता यस्ता प्रत्यक्ष कार्यक्रम गर्न नसकिएको र अहिलेको समय जनजीवन सामान्य बन्दै गएको सन्दर्भमा ऱ् कोरियामा रहेका विभिन्न संघ संस्थाहरूले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेका छन्।
कार्यक्रम :- ...