आजको राशिफल: २०८२ मंसिर २० गते शनिबार
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज तपाईंको उर्जा र जोश राम्रो रहनेछ। नयाँ योजनाहरु प्रारम्भ गर्न उत्तम समय छ। तर सबै कुरा तुरुन्त निर्णय गरेर अघि नबढ्नुहोस् , सोच-विचार गरेर कदम चाल्नोस्।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आर्थिक पक्षमा सुधार आउनेछ। अनावश्यक खर्च कटौती गर्न मन लगाउनुहोस्। मित्र र परिवारसँगको सम्बन्धमा मेलमिलाप हुनेछ। स्वास्थ्यमा सानोतिनो समस्या आउन सक्छ , विशेषगरी पेट वा पाचन प्रणालीको ख्याल राख्नुपर्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक संवाद र मानिसहरूसँगको सम्बन्धमा सफलता मिल्नेछ। काममा सहयोगी मिल्नेछ। तर बोली र व्यवहारमा सावधानी अपनाउनुस् , अनावश्यक विवाद नबनोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घर र परिवारमा सुखद वातावरण रहनेछ। पुराना मतभेद मिल्ने सम्भावना छ। कामका क्षेत्रमा ध्यान दिने हो भने राम्रो नतिजा मिल्न...
