आजको राशिफल : २०८० फागुन २६ गते (शनिबार)
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आफन्त, साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। साँझतिर स्थितिमा सुधार आउनाले राेकिएकाे काम बन्नेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)माया प्रेममा रमाउँन चाहनेहका लागि यात्राको अवसर जुर्नेछ । अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ।...

