आजको राशिफल : २०८० माघ १५ गते (सोमवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,हा)परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइल...
