आजको राशिफल:२०८२ असार १८ गते बुधबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिन सामान्य छ। सहकार्यमा गरेको व्यापारबाट नाफा हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्ने सम्भावना छ। धन खर्च भए पनि इज्जतमा बढुवा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सामान्य बन्दा राजनीतिमा घाटा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
दिन सामान्य छ। सम्पत्तिका पछाडि लाग्दा इज्जत गुम्ने जोखिम छ। राजनीतिक क्षेत्रमा ठगले सताउने जोखिम छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन सामान्य राम्रो छ। साथीको साथ मिल्नेछ। दैनिक काम सहज बन्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। राजनीतिक क्षेत्...
