नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दक्षिण कोरियाको चौथो ऐतिहासिक अधिवेशन आगामी २०२६ फेब्रुअरी ८ तारिख (आइतबार) का दिन सम्पन्न हुने भएको छ।
फोनिज दक्षिण कोरियाको कार्यसमितिको हालै सम्पन्न बैठकले अधिवेशनको मिति र स्थान टुंगो लगाएको हो। कार्यवाहक अध्यक्ष उत्तम खजुम को अध्यक्षतामा बसेको बैठकले सउलस्थित दोङदेमुनको ‘नेपाली थाइ रेस्टुरेन्ट’ को सभाहल मा अधिवेशन आयोजना गर्ने निर्णय गरेको जनाएको छ।
अधिवेशनको मिति सार्वजनिक गर्दै कार्यवाहक अध्यक्ष खजुमले सोही दिन अन्य संघ–संस्थाहरूलाई आफ्ना कार्यक्रमहरू नजुधाइदिन आग्रह गरेका छन्। उनले भने, “संस्थाको साङ्गठनिक सुदृढीकरण तथा नयाँ नेतृत्व चयनका लागि चौथो अधिवेशनको मिति घोषणा गरिएको हो। यस ऐतिहासिक अवसरलाई सफल बनाउन सबैको सहयोगको अपेक्षा गर्दछौँ।”
अधिवेशन सफल बनाउन कार्यसमिति तथा सल्लाहकारहरू तयारीमा सक्रिय रूपमा जुटिसकेको जनाइएको छ। अध...
२७ पुष २०८२, आईतवार १२:५२२७ पुष २०८२, आईतवार १२:५२२७ पुष २०८२, आईतवार १२:५२ by विशाल श्रेष्ठNo Comments
ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको ५औँ अधिवेशन सम्पन्न, डम्बर केदेमको नेतृत्वमा नया कार्यसमिती चयन
दक्षिण कोरियामा सक्रिय ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको ५औँ अधिवेशन आज २०२६ जनवरी ११ तारिखका दिन दोङ्देमुन स्थित नेपाली थाई रेष्टुरेण्टको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।
अधिवेशनमा पूर्वी नेपाल समाजका अध्यक्ष केदार निरौला प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। साथै कार्यक्रममा पूर्वी नेपालको १४ जिल्ला तथा २ जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, कोरियामा विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवीको उल्लेखनीय उपस्थिति रहेको थियो।
अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।नवनिर्वाचित कार्यसमिति यसप्रकार रहेको छः
अध्यक्ष: डम्बर केदेम
वरिष्ठ उपाध्यक्ष: नविन ताम्लिङ
उपाध्यक्षहरू:
– राजन सौदेन
– रुपेश पालुङगा
– मनिता राई
महासचिव: ...
२७ पुष २०८२, आईतवार १२:०३२७ पुष २०८२, आईतवार १२:०३२७ पुष २०८२, आईतवार १२:०३ by विशाल श्रेष्ठNo Comments