Advertisement
Advertisement

Day: ७ बैशाख २०८३, सोमबार ११:५८

दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा नेपाली समुदायबीच भलिबलको उत्साह बढ्दै जाँदा यस वर्षको पहिलो ठुलो प्रतियोगिता “पाथीभरा भलिबल कप २०२६” हुने भएको छ।कोशी प्रदेशको धार्मिक आस्थाको केन्द्र पाथीभरा माई को नामबाट स्थापित पाथीभरा भलिबल क्लबले प्रतियोगिता आगामी मे ३ तारिखका दिन Ajou University मा सञ्चालन गर्ने भएको हो। प्रतियोगितामा प्रथम हुनेले २२ लाख वन (ट्रफी, मेडल र प्रमाणपत्र ) द्वितीय हुनेले १२ लाख वन (ट्रफी, मेडल र प्रमाणपत्र) तथा तृतीय हुनेले ८ लाख वन सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई १ लाख वन (मेडल र प्रमाणपत्र) प्रदान गरिनेछ। उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर र उत्कृष्ट लिबेरोलाई जनही ५० हजार वन सहित मेडल र प्रमाणपत्र सहित प्रदान गरिने आयोजकले जनाएको छ। टिम दर्ता शुल्क ३ लाख ५० हजार वन तोकिएको छ भने टिम दर्ताको अन्तिम मिति ...