दक्षिण कोरियाको जेजु टापु मा किरात समुदायको महान पर्व उभौली साकेला भव्य रूपमा मनाइने भएको छ।
किरात राई यायोक्खा गणतन्त्र कोरिया, जेजु शाखाको आयोजनामा “यलेदुङ ५०८६ उभौली साकेला नाच तथा शुभकामना आदान–प्रदान कार्यक्रम–२०२६” मे ३ तारिखका दिन आयोजना हुने जानकारी दिइएको छ।
कार्यक्रम जेजु 명신 1길 11 (KCTU हल) मा बिहान ११ बजेदेखि बेलुका ५:३० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रममा किरात राई समुदायको मौलिक सांस्कृतिक नाच साकेला प्रस्तुत गरिनुका साथै आपसी भेटघाट, शुभकामना आदान–प्रदान र सांस्कृतिक पहिचान प्रवर्द्धनमा जोड दिइनेछ।
आयोजक संस्थाले दक्षिण कोरियामा रहेका सम्पूर्ण किराँती तथा गैर–किराँती नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रणा दिएको छ।
उभौली साकेला किरात समुदायको महत्वपूर्ण पर्व हो, जसले प्रकृति, भूमि र कृषि चक...