Advertisement
Advertisement

Day: ८ पुष २०८२, मंगलवार २३:३०

ईपीएसअन्तर्गत सन् २०२६ मा कोरिया जाने कामदारको संख्या घट्यो, पानीजहाज क्षेत्रको छुट्टै कोटा नहुने

ईपीएसअन्तर्गत सन् २०२६ मा कोरिया जाने कामदारको संख्या घट्यो, पानीजहाज क्षेत्रको छुट्टै कोटा नहुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  दक्षिण कोरियाले सन् २०२६ मा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत विदेशी कामदार भित्र्याउने कोटा तोकेको छ। नयाँ निर्णयअनुसार सन् २०२६ मा कुल ८० हजार कामदारलाई मात्र कोरियामा रोजगारीका लागि प्रवेश अनुमति दिइनेछ, जुन सन् २०२५ को तुलनामा ३८.४६ प्रतिशतले कम हो। सरकारी तथ्यांकअनुसार सन् २०२५ का लागि १ लाख ३० हजार कोटा निर्धारण गरिएको भए पनि गत नोभेम्बरको अन्त्यसम्म ४८ हजार ६६८ जनालाई मात्र रोजगार अनुमति पत्र जारी गरिएको छ। यो संख्या कुल कोटाको ३७.४३ प्रतिशत मात्र हो। सन् २०२६ का लागि निर्धारण गरिएको कोटाअनुसार उत्पादनमूलक क्षेत्रमा ५० हजार, कृषि तथा पशुपालन क्षेत्रमा १० हजार, निर्माण क्षेत्रमा २ हजार, माछा मार्ने उद्योगमा ७ हजार, सेवा क्षेत्रमा १ हजार तथा लचिलो कोटाअन्तर्गत १० हजार कामदार भित्र्याइनेछ। यसैबीच, सन् २०२३ देखि २०२५ सम्म अस्थायी रूपमा सञ्चालनमा रहेको पानीजहाज नि...