मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)शुभचिन्तकहरूले साथ दिनेछन्। काम पूर्ण नभए पनि मिहिनेतले लाभ दिलाउनेछ। प्रतीक्षा गरिएको उपलब्धि मध्याह्नपछि प्राप्त हुनेछ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आफ्नो विचार विपरित निर्णय हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ । प्रेममा मनमुटाव आउन सक्छ, तर स्वादिष्ट भोजनको अवसर मिल्नेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । सा...