मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न हुनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन्। प्रेमको बन्धन कसिनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। समस्या दर्साउँदा साथ दिनेहरू भेटिनेछन्। व्यवसायमा पनि सामान्य लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। तर सानो भूल गर्दा मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने हुन सक्छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ। अरूका लागि केही रकम र बुद्धिसमेत खर्चनुपर्ला। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । चुनौतीपूर्ण कामको जिम...