आजको राशिफल : २०८१ जेठ ११ गते (शुक्रवार)
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)विभिन्न अवसर प्राप्त हुनेछन्। दिउँसोदेखि अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। आम्दानी भए पनि खर्च बढ्नाले रकम सञ्चय नहुन सक्छ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)शुभचिन्तकहरूकाे साथ–सहयाेग जुट्नाले पेसा–व्यवसायमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)काममा शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले धन आर्जन हुनेछ। साथीभाइकाे सहयाेग जुट्नाले व्यावसायिक लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। स्वादिष्ट खानपानकाे आनन्द प्राप्त हुनेछ। पेसा–व्यवसायमा राम्रै फाइदा हुनेछ र स्वाभिमान...
