नोभेम्बर १७ मा हुने एनसिसीको सलनालको कार्यक्रम सहजिकरण कार्यक्रमको सम्पूर्ण तयारी पूरा
विशाल आवाज:नेपाली सम्पर्क समिति(एनसीसी) गणतन्त्र कोरियाले नोभेम्बर १७ तारिखका दिन दोङ्देमुनमा सलनालको अवसरमा हुने कार्यक्रम हरुको सहजीकरण गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ।
नेपाली सम्पर्क समिति दक्षिण कोरियाले यही नोभेम्बर १७ तारिख आइतबारका दिन बिहान ठिक ११ बजे दोङ्देमुन स्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभा हलमा कार्यक्रम गरी कोरियाको महान चाड सलनालको अवसरमा गरिने कार्यक्रम हरुको सहजीकरण गर्ने भएको हो।
प्रदेश लगायत जनजाति महासंघले आफ्नो मातहतको संस्थाहरूबाट बाँडफाँड भइ आएका कार्यक्रम हरुलाइ आइतबारका दिन सहजीकरण कार्यक्रममा प्रस्तुत गर्ने र सोहि बमोजिम सबैको सरसल्लाह अनुसार एनसीसीले हेरेर मिति हरु मिलाएर सहजीकरण गर्नेछ।...


