मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता...