Advertisement
Advertisement

Day: २० माघ २०७९, शुक्रबार ०७:५८

३ नाबालिका बलात्कारको अभियोगमा ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला

३ नाबालिका बलात्कारको अभियोगमा ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला

Breaking news 1, Breaking news 2, बलात्कार, समाचार
नाबालिका बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ।     जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो।   नाबालिकालाई बलात्कार गरेको अभियोगमा बिहीबार आरोपितलाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए।      मुद्दाको संवेदनशीलताका कारण पीडकको नाम खुलाउन नमिल्ने उनले बताए।   विसं २०७७ असार १५ मा र साउन ४ मा ९, ११ र १२ वर्षीया तीन जना नाबालिकालाई बलात्कार गरेको अभियोगमा आरोपितलाई प्रहरीले २०७७ कात्तिक २ मा पक्राउ गरी जिल्ला कारागारको थुनामा राखेको थियो। सोही आरोपमा थुनामा रहेका १७ वर्षीय किशोरलाई भने सफाइ दिइएको छ।    आरोपितमाथि तीन वटा छुट्टाछुट्टै बलात्कारको मुद्दा दर्ता भएकामा बाँकी दुई वटा मुद्द...
गाडी चलाउँदा चलाउँदै बेहोस भएपछि घनश्याम भूसाल अस्पताल भर्ना

गाडी चलाउँदा चलाउँदै बेहोस भएपछि घनश्याम भूसाल अस्पताल भर्ना

Breaking news 1, ट्रेन्डिङ, समाचार
नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन् । आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका भूसाल बानेश्वरमा बेहोस भएका थिए ।   त्यसपछि भूसाललाई सिभिल अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।    
मापसेपछि दाउराको चिर्पट प्रहार गरेर बुबाको हत्या

मापसेपछि दाउराको चिर्पट प्रहार गरेर बुबाको हत्या

Breaking news 2, समाचार
आफ्नै बुबाको हत्या आरोपमा छोरा पक्राउ परेका छन्।   आफ्नै बुबा ५५ वर्षीय निरकुमार राईको हत्या आरोपमा चन्द्रपुर नगरपालिका ६ हातेमालो सामुदायिक वन नजिक बस्ने ३२ वर्षीय प्रकाश राई पक्राउ परेका हुन्।   उनले दाउराको चिर्पट प्रहार गरी बुबाको हत्या गरेको प्रहरीले जनाएको छ।   मादक पदार्थ सेवन (मापसे) गरी घरायसी वादविवादको कारण प्रकाशले दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका निरकुमारको मृत्यु भएको थियो।    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।...