प्रवासीबाट उद्यमीतर्फ प्रेरणा: गण्डकी प्रदेश समाज दक्षिण कोरियाद्वारा ‘उद्यमशीलता कार्यक्रम’ (भाग–२) आयोजना हुने
दक्षिण कोरियामा क्रियाशील गण्डकी प्रदेश समाज दक्षिण कोरियाले प्रवासी नेपालीहरूलाई उद्यमशीलतामा प्रेरित गर्ने उद्देश्यसहित ‘उद्यमशीलता कार्यक्रम’ (भाग–२) आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम आगामी २०२६ अप्रिल १८, शनिबार, कोरियाली समय अनुसार बेलुका ८:१५ देखि ९:१५ बजेसम्म सञ्चालन हुनेछ।
“प्रवासीबाट उद्यमीका यात्रा तर्फ” भन्ने मूल नारासहित आयोजना हुन लागेको यस कार्यक्रमले विदेशमा आर्जित ज्ञान, सीप र पुँजीलाई स्वदेशमै लगानी गरी उद्यम सिर्जना गर्न प्रेरित गर्ने लक्ष्य लिएको छ।
कार्यक्रमका विशेष अतिथिका रूपमा सफल उद्यमी सर्वोदय ढकाल सहभागी हुनेछन्। उनले दक्षिण कोरियामा लामो समय काम गरी नेपाल फर्किएपछि स्याङ्जाको आँधिखोला गाउँपालिका–६ मा कैलाश एग्रो तथा कृषि फार्म (बाख्रा तथा भ...
२ बैशाख २०८३, बुधबार १३:४७२ बैशाख २०८३, बुधबार १३:४७२ बैशाख २०८३, बुधबार १३:४७ by एलिनाNo Comments
दक्षिण कोरियामा सक्रिय नेपाली संस्था पूर्वी नेपाल समाज दक्षिण कोरिया ले नेपाली नयाँवर्ष २०८३ को अवसर पारेर आयोजना गर्न लागेको भव्य साङ्गीतिक कार्यक्रम अब आगामी मे २ तारिख शनिबार हुने भएको छ।
उक्त कार्यक्रम यसअघि अप्रिल २५ मा गर्ने तय गरिएको थियो। तर नेपालस्थित कोरियन दूतावासबाट आमन्त्रित कलाकारहरूको राहदानी उपलब्ध हुन ढिलाइ भएका कारण कार्यक्रम एक हप्ता पछि सारिएको आयोजकले जनाएको छ।
नेपाली साङ्गीतिक क्षेत्रमा उदाउँदै गरेका कलाकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा दक्षिण कोरियामै रहेका नवप्रतिभाशाली कलाकारहरूका साथै नेपालबाट ३ जना कलाकारलाई समेत आमन्त्रण गरिएको छ।
सन् २०१५ मा स्थापना भएको यस संस्थाले नेपालको प्रादेशिक संरचना अनुसार प्रदेश नम्बर १ (कोशी प्रदेश) का नेपालीहरूको प्रतिनिधित्व गर्दै आएको छ। स्थापना कालदेखि नै विपत्तिमा परेका नेपालीहरूको उद...
२ बैशाख २०८३, बुधबार १३:४४२ बैशाख २०८३, बुधबार १३:४४२ बैशाख २०८३, बुधबार १३:४४ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा सक्रिय नेपाल मगर संघ दक्षिण कोरिया ले प्रत्येक वर्ष मनाउँदै आएको परम्परागत भुमे पूजा यस वर्ष पनि निरन्तरता दिँदै आयोजना गर्ने भएको छ। यसअघिका वर्षहरूमा विभिन्न स्थानमा आयोजना हुँदै आएको यो महत्वपूर्ण सांस्कृतिक कार्यक्रम यसपटक किम्हे–बुसान क्षेत्रमा आयोजना गरिने भएको हो।
संघद्वारा जारी सूचनाअनुसार, २०२६ जुन १३ र १४ तारिखमा हुने भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा सञ्चालन हुनेछ। दक्षिण कोरियाभर रहेका सम्पूर्ण संघ–संस्थालाई समन्वयात्मक भूमिका खेल्न आग्रह गरिएको छ भने मगर समुदायसँगै अन्य नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई पनि सहभागिताका लागि आह्वान गरिएको छ।
मगर समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा रहेको भुमे पूजामा प्रकृतिको पूजा गरिन्छ। यस क्रममा भूमिदेवता (भुमे) लाई प्रसन्न पार्न परम्परागत विधिअनुसार पूजा गर्ने, पु...
१ बैशाख २०८३, मंगलवार ०१:२६१ बैशाख २०८३, मंगलवार ०१:२६१ बैशाख २०८३, मंगलवार ०१:२६ by एलिनाNo Comments
नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम २०२६ अप्रिल १२ का दिन अध्यक्ष निर्दोष शिवको अध्यक्षता र नेपाल मुक्तक प्रतिष्ठान केन्द्रका अध्यक्ष रामकाजी कोनेको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यम जुममार्फत सम्पन्न भएको छ।
कार्यक्रमको खुला सत्रमा अध्यक्षद्वारा आसनग्रहण, प्रमुख अतिथिद्वारा उद्घाटन, संरक्षक, सल्लाहकार, पदाधिकारी तथा सक्रिय सदस्यहरूबाट नववर्ष २०८३ को शुभकामना आदानप्रदान तथा रचना वाचन गरिएको थियो भने महासचिवद्वारा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो।
बन्द सत्रमा कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफल पश्चात् पारित गरिएको छ भने वार्षिक प्रगति प्रतिवेदन पनि सभाबाट पारित गरिएको छ।
त्यस्तै, विधान सत्रमा विधान संशोधन समितिद्वारा प्रस्तुत संशोधित विधानमाथि छलफल गरिएको थियो। सम...
३० चैत्र २०८२, सोमबार ०५:५२३० चैत्र २०८२, सोमबार ०५:५२३० चैत्र २०८२, सोमबार ०५:५२ by एलिनाNo Comments
चर्चित गायीका समिक्षा अधिकारी र सिडि विजय अधिकारीको युगल आवाजमा रहेको मायाँलु गीत लजालु मायाँको प्रिमियर कोरियाको फेंतेकस्थित निरमायाँ रोधी घरवाट सम्पन्न भएको छ । कार्यक्रममा लोक दोहरी प्रतिस्ठान कोरियाका कलाकारहरु लगाएत थुप्रै स्थानिय कलाकारहरुको समेत लाईभ प्रस्तुति रहेको थियो । गीतलाई केछकोरिया युट्युव च्यानलवाट विश्वभरी हेर्न सकिन्छ । चर्चित गायीका समिक्षा अधिकारी र गायक सिडि विजय अधिकारीको युगल आवाजमा रहेको प्रेमिल गीतको शब्द रचना भने कोरियामा कार्यरत तिलक छन्त्यालले गरेका हुन । किंग्स स्टुडियोवाट रेकर्ड भएको गीतमा सिडि विजय अधिकारीको कम्पोज तथा संगीत रहेको छ भने गीतलाई पुष्कर खत्रिले एरेन्ज तथा मिक्सिंग मास्टरिंग गरेका हुन् । तिलक छन्त्यालकै निर्देशनमा तयार भएको भिडियोमा धनु तामांग, मिनाक्षी तामांग साथै तिलक छन्त्याललाई पनि देख्न सकिनेछ । भने गीतलाई टोपिक लिम्बुले छायांकन गरेका हुन् ।...
३० चैत्र २०८२, सोमबार ०४:२२३० चैत्र २०८२, सोमबार ०४:२२३० चैत्र २०८२, सोमबार ०४:२२ by एलिनाNo Comments
ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरियाले आफ्नो पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै दोस्रो अधिवेशन सम्पन्न गरेको छ।
अधिवेशन कार्यक्रम अप्रिल ११, २०२६ मा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा कोरियास्थित सम्पूर्ण नेपाली संघसंस्थाहरूको छाता संगठन नेपाली सम्पर्क समिति दक्षिण कोरिया का अध्यक्ष हर्क विष्ट सहभागी रहेका थिए। त्यस्तै विशेष अतिथिहरूमा गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष बुद्धि गुरुङ, नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष जीवन खतिवडा लगायत विभिन्न प्रदेशगत तथा जिल्लागत संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाका सल्लाहकार, आजीवन सदस्य, साधारण सदस्य तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजक संस्थाले उपस्थित सम्पूर्ण महानुभावप्रति आभार व्यक्त गरेको छ।
अधिवेशनको बन्दसत्रमार्फत संस्थाको विधा...
२५ चैत्र २०८२, बुधबार ०४:५३२५ चैत्र २०८२, बुधबार ०४:५३२५ चैत्र २०८२, बुधबार ०४:५३ by विशाल श्रेष्ठNo Comments
नेपाली नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखा ले अप्रिल १२ तारिक फेन्थेकमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।
दक्षिण कोरियामा सक्रिय राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखा ले हरेक वर्षझैं यसपालि पनि आउँदै गरेको नेपाली नयाँ वर्ष २०८३ को अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको हो।
प्रतिष्ठानद्वारा जारी सूचनाअनुसार उक्त कार्यक्रममा सल्लाहकार, साधारण सदस्य तथा कार्यसमितिबीच भेटघाट तथा शुभकामना आदानप्रदान गरिनेछ। साथै कार्यक्रमलाई पारिवारिक जम्घटको रूपमा समेत आयोजना गरिने जनाइएको छ। गत अप्रिल ५ तारिख बसेको भर्चुअल बैठकले कार्यक्रम अप्रिल १२ तारिख आइतबारका दिन निरमाया रोधी क्लब, फेन्थेकमा आयोजना गर्ने निर्णय गरेको हो।
प्रतिष्ठानले लोकगीत–संगीतमा अभिरुचि राख्ने सम्पूर्ण कलाप्रेमीहरूलाई पनि कार्यक्...
२४ चैत्र २०८२, मंगलवार ०५:५१२४ चैत्र २०८२, मंगलवार ०५:५१२४ चैत्र २०८२, मंगलवार ०५:५१ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको Seoul स्थित नेपाली राजदूतावासले आगामी अप्रिल १५ तारिख अन्तर्राष्ट्रिय आरोग्यता दिवस (International Wellness Day) को अवसरमा विशेष हाइकिङ कार्यक्रम आयोजना गर्ने भएको छ।
हरेक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्यता दिवसका रूपमा मनाउने नेपाल सरकारको प्रस्तावलाई United Nations General Assembly ले सन् २०२६ मार्च १० मा पारित गरेपछि यस दिवसले अन्तर्राष्ट्रिय स्तरमा औपचारिक मान्यता पाएको हो। यससँगै नेपालको अन्तर्राष्ट्रिय छवि अझ सशक्त र प्रभावशाली बन्ने विश्वास गरिएको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८० चैत १३ गतेको निर्णयअनुसार शासकीय सुधार कार्यसूचीमा समेत आरोग्यता क्षेत्रलाई प्राथमिकतामा राख्दै “Nepal Wellness Year 2027” मनाउने घोषणा गरिएको सन्दर्भमा यो कार्यक्रमलाई विशेष महत्वका साथ हेरिएको छ। आरोग्य पर्यटन (Wellness Tourism) लाई आर्थिक रुपान्तरणको राष्ट्रिय एजेण्डाका ...
२२ चैत्र २०८२, आईतवार ०९:४१२२ चैत्र २०८२, आईतवार ०९:४१२२ चैत्र २०८२, आईतवार ०९:४१ by एलिनाNo Comments
दक्षिण कोरियामा सक्रिय नेपाली संस्था पूर्वी नेपाल समाज दक्षिण कोरिया ले नेपाली नयाँवर्ष २०८३ को अवसर पारेर आगामी अप्रिल २५ तारिख शनिबार भव्य साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
नेपाली साङ्गीतिक क्षेत्रमा उदाउँदै गरेका कलाकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको उक्त कार्यक्रममा दक्षिण कोरियामै रहेका नवप्रतिभाशाली कलाकारहरूका साथै नेपालबाट समेत ३ जना कलाकारलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ।
सन् २०१५ मा स्थापना भएको यस संस्थाले नेपालको प्रादेशिक संरचना अनुसार प्रदेश नम्बर १ (कोशी प्रदेश) का नेपालीहरूको प्रतिनिधित्व गर्दै आएको छ। स्थापना कालदेखि नै विपत्तिमा परेका नेपालीहरूको उद्धार, नेपाली कला–संस्कृति तथा पर्यटन प्रवर्द्धनमा केन्द्रित विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको संस्थाले जनाएको छ। प्रस्तुत कार्यक्रम पनि सोही अभियानको निरन्तरता भएको उल्ले...
१८ चैत्र २०८२, बुधबार १७:२८१८ चैत्र २०८२, बुधबार १७:२८१८ चैत्र २०८२, बुधबार १७:२८ by विशाल श्रेष्ठNo Comments
काठमाडौं उपत्यकाको वायु प्रदूषणको बहसमा वर्षौँदेखि इट्टाभट्टा मुख्य दोषीको रूपमा औंल्याइँदै आएको छ। विभिन्न मिडिया रिपोर्ट, सरकारी अध्ययन र अन्तर्राष्ट्रिय संस्थाका तथ्यांकहरूले समेत उपत्यकाको प्रदूषणमा इट्टाभट्टाको ठूलो योगदान रहेको देखाएका छन्। तर नीति, निर्देशन र समयसीमा बारम्बार तोकिए पनि कार्यान्वयन कमजोर हुँदा भक्तपुर जिल्लाभर समस्या जस्ताको तस्तै देखिएको छ।
उपलब्ध विभिन्न समाचार र अध्ययनहरू अनुसार काठमाडौं उपत्यकाभित्र करिब ८० देखि १०० को हाराहारीमा इट्टाभट्टा सञ्चालनमा रहेका छन्, जसमा उल्लेख्य हिस्सा भक्तपुर क्षेत्रमा केन्द्रित रहेको पाइन्छ। दुवाकोट, सल्लाघारी, जगाती, नाला, चाँगुनारायण आसपासका क्षेत्रमा दर्जनौँ भट्टा सक्रिय छन्। जाडो र सुख्खा मौसममा यी भट्टाबाट निस्कने धुवाँले आकाश नै धुम्म पार्ने दृश्य सामान्य बन्दै गएको छ।
स्थानीय बासिन्दाहरूका अनुसार बिहान र साँझको समयमा ब...