दक्षिण कोरियाको जेजुदो क्षेत्रमा रहेका नेपालीहरुका लागि राहदानी सेवा सहज बनाउन “राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम” आयोजना हुने भएको छ। उक्त कार्यक्रम Embassy of Nepal, Seoul को आयोजना तथा Nepal Federation of Indigenous Nationalities (NEFIN) दक्षिण कोरिया जेजुदो क्षेत्रीय समितिको सहकार्यमा हुन लागेको हो।
उक्त शिविर आगामी अप्रिल १२, २०२६ (चैत २९, २०८२) मा जेजुदोमा सञ्चालन गरिनेछ। कार्यक्रममा विशेषगरी राहदानी नवीकरण सेवा तथा श्रमिक सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम समावेश गरिने जनाइएको छ।
राहदानी सेवा लिन चाहने सेवाग्राहीका लागि अनलाइन आवेदन फारम मार्च ३०, २०२६ सोमबार दिउँसो १२ बजेदेखि खुल्ने जानकारी दिइएको छ। सेवाग्राहीहरुले अनलाइन फारम भरेपछि प्राप्त हुने QR Code अनिवार्य रूपमा सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ।
आयोजकका अनुसार सबै सेवाग्राहीको विवरण संकलन तथ...
१५ चैत्र २०८२, आईतवार २३:२९१५ चैत्र २०८२, आईतवार २३:२९१५ चैत्र २०८२, आईतवार २३:२९ by विशाल श्रेष्ठNo Comments