नेपालमा फेसबुकले कन्टेन्ट मोनिटाइजेसन सुविधा उपलब्ध गराएसँगै सामाजिक सञ्जालमार्फत आम्दानी गर्ने प्रयोगकर्ताको संख्या तीव्र रूपमा बढ्दै गएको छ। यससँगै, लाइक, फलोअर र इङ्गेजमेन्ट बढाउने उद्देश्यले प्रयोगकर्ताबिच सहकार्यको अभ्यास पनि विस्तार हुँदै गएको छ। विशेष गरी फेसबुकमा निर्माण गरिएका विभिन्न ग्रुपहरूले कन्टेन्ट सिर्जनाकर्तालाई एक–अर्कासँग जोड्दै सहयोगात्मक वातावरण सिर्जना गरिरहेका छन्।
यसै क्रममा, ‘Facebook Monetize सहकार्य’ नामक फेसबुक ग्रुप नेपालमा फेसबुक मोनिटाइजेसन क्षेत्रमा काम गर्ने सबैभन्दा ठूलो र अत्यन्त सक्रिय समूहका रूपमा स्थापित भएको छ। हाल यस ग्रुपमा एक लाख १० हजारभन्दा बढी सक्रिय सदस्य रहेका छन्। ग्रुपमार्फत धेरै सदस्यहरूले फेसबुक मोनिटाइजेसनसम्बन्धी जानकारी, अनुभव र सहयोग आदान–प्रदान गरिरहेका छन्। केही सदस्यहरूले यही ग्रुपको सहयोगबाट सफलतापूर्वक मोनिटाइजेसन हासिल गरेको द...
३० मंसिर २०८२, सोमबार ०९:१९३० मंसिर २०८२, सोमबार ०९:१९३० मंसिर २०८२, सोमबार ०९:१९ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा क्रियाशील नुवाकोट समाज दक्षिण कोरियाले समाजसेवी तथा काउन्सेलर माया लामा शेर्पालाई कदर पत्रसहित सम्मान गरेको छ।
कोरियामा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो अमूल्य समय, श्रम र सीप प्रयोग गरी निरन्तर सहयोग, परामर्श, मार्गदर्शन तथा प्रेरणा प्रदान गर्दै आउनु भएको योगदानको उच्च कदर गर्दै समाजले उहाँलाई सम्मान गरेको हो।
सम्मान कार्यक्रममा बोल्दै नुवाकोट समाज दक्षिण कोरियाका प्रतिनिधिहरूले माया लामा शेर्पाले कोरियाको विभिन्न सरकारी कार्यालयहरूमा आफ्नो नियमित कामकाजसँगै आपत–विपतमा परेका नेपालीहरूलाई निःस्वार्थ भावनाका साथ सहयोग पुर्याउँदै मानवीयता, परोपकार र समाजसेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै आउनु भएको उल्लेख गरे।
समाजले उहाँको सेवाभाव, सहकार्य र नेतृत्वले कोरियामा रहेका नेपाली समुदायलाई ठूलो हौसला र भरोसा प्रदान गरेको भन्दै आगामी दिनमा पनि यस्ता सकारा...
२७ मंसिर २०८२, शुक्रबार ०१:४८२७ मंसिर २०८२, शुक्रबार ०१:४८२७ मंसिर २०८२, शुक्रबार ०१:४८ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा कर्णाली क्षेत्रका नेपालीहरूको बढ्दो उपस्थिति, आवश्यकता र मागलाई प्राथमिकतामा राख्दै कर्णाली प्रदेश समाज दक्षिण कोरियाले संस्थागत विस्तारको महत्वपूर्ण तथा ऐतिहासिक कदम चालेको छ।
Gyeongsangbuk-do (경상북도), बुसान (부산), उल्सान (울산), थेगु (대구) तथा Gyeongsangnam-do (경상남도) क्षेत्रलाई समेट्दै समाजले ‘경상–कर्णाली प्रदेश समाज दक्षिण कोरिया (ख्यङसाङ) शाखा’ स्थापना गर्न लागेको हो। यसै उद्देश्यसहित समाजले शाखाको पहिलो अधिवेशन भव्य रूपमा गर्न तयारी पूरा गरेको जनाएको छ।
समाजका अनुसार, नयाँ शाखा स्थापनाले दक्षिण कोरियाभर छरिएका कर्णालीबासीबीच आपसी एकता, सहयोग, पहिचान र संस्थागत पहुँचलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ।
यस ऐतिहासिक अधिवेशनमा कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिएको छ।
कार्यक्रम विवरण
• मिति: २०२५ ...
२६ मंसिर २०८२, बिहीबार १०:२१२६ मंसिर २०८२, बिहीबार १०:२१२६ मंसिर २०८२, बिहीबार १०:२१ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा सक्रिय सामाजिक सस्था काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले यही डिसेम्बर १४ (आइतबार) का दिन सुवन स्थित Seorak Everest – 설악 에베레스트 सभाहलमा भेटघाट कार्यक्रम गर्ने भएको छ।
“कोरियामा रहेका काभ्रेली एक हौं, प्रवासी भूमिको सुख–दुःखमा सहयात्री बनौं” भन्ने मूल नाराका साथ सन् २०११ मा स्थापना भएको काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले निरन्तर रूपमा काभ्रेली तथा कोरियामा रहेका नेपाली समुदायका लागि विभिन्न सामाजिक तथा आपतकालीन सहयोग कार्यक्रम संचालन गर्दै आएको छ।
समितिले कोरियामा बसोबास गर्ने सबै काभ्रेली दाजुभाइ तथा दिदीबहिनीहरू साथै शुभचिन्तकहरूलाई भेटघाट कार्यक्रमका लागि हार्दिक निमन्त्रणा जनाएको छ। सामुदायिक एकता, आपसी परिचय, सहयोग र संस्थागत गतिविधिबारे जानकारी आदान–प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम निम्न स्थान, मिति र समयमा सम्पन्न हुनेछ।
तपशील
📅 मिति: २०२...
२५ मंसिर २०८२, बुधबार १९:२४२५ मंसिर २०८२, बुधबार १९:२४२५ मंसिर २०८२, बुधबार १९:२४ by विशाल श्रेष्ठNo Comments
हालै नेपालमा चलिरहेको GenZ आन्दोलनका विभिन्न गतिविधिमा आफूलाई अग्रपंक्तिका अभियन्ता जस्तो प्रस्तुत गरिरहेका पुर्णबहादुर बुढा, जो अजय सोडारी नामले पनि परिचित छन्, विगतमा निकै विवादमा उत्रिएका पात्र मानिन्छन्। वास्तवमा यो आन्दोलन सुरू हुँदा कोरियाकै डिटेन्सन सेन्टरमा (होल्डिंग सेन्टर) बन्द रहेका थिए सोडारी। यस कारण Gen Z आन्दोलनसँग उनको कुनै भूमिका, योगदान वा सम्बन्ध छैन भन्ने कुरा झन् स्पष्ट बन्दै गएको छ।
आफु e9 भिषामा रहदा कानुन बिपरित काम गरि३ बर्षपछि भिषा थप्ने बेला नमिलेपछि उनि केहि समय G-1 (शरणार्थी) भिसामा बसोवास गर्दै आएका थिए।उनलाई केही दिनअघि मात्र G-1 (शरणार्थी) भिसामा बसेर पछि गैर कानुनि रुपमा बसोबास गर्दा इमिग्रेसनले कम्पनिमा छापा मार्दा समातिएर कोरिया सरकारले डिपोर्ट गरेको हो। 𝐆𝐞𝐧𝐳 आन्दोलनको चरम गतिविधि भइरहेको बेला उनी कोरियाको Detention Center (होल्डिंग सेन्टर) मा थुनिएका ...
२४ मंसिर २०८२, मंगलवार ०९:१९२४ मंसिर २०८२, मंगलवार ०९:१९२४ मंसिर २०८२, मंगलवार ०९:१९ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको ह्वासोङ–मादो क्षेत्रमा कार्यरत, स्थायी घर मोरङ भएका तामाङ थरका एक नेपाली युवकले आत्महत्या गरेको दुःखद घटना बाहिरिएको छ।
घटना आज २०२५ डिसेम्बर ९ दिउँसो करिब १ बजे ह्वासोङ–सी मादो–म्योन् दुपूरि २३७ स्थित मोजिदो (모지더) नजिकको जंगल क्षेत्रमा भएको हो। साना रूखका हाँगामा स्कार्फ झुण्ड्याइएको अवस्थामा युवकलाई एक स्थानीय नागरिकले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएसँगै अपराध अनुसन्धान टोली, वैज्ञानिक प्रमाण पहिचान टोली तथा सम्बन्धित अधिकारीहरू घटनास्थलमा पुगेका थिए। प्रहरीले स्थल परीक्षण, फरेन्सिक जाँच र प्रारम्भिक प्रमाण संकलनका साथै युवक कार्यरत कम्पनीका जिम्मेवार व्यक्तिहरूलाई बयानका लागि बोलाएर अनुसन्धान अघि बढाएको छ।
मोरङ घर भई ह्वासोङ–मादोमा रोजगारीमा रहेका उक्त युवकले यस्तो कठोर निर्णय किन लिनुपर्यो भन्ने विषयमा अझै स्पष्टता आइसकेको छैन। प्रहरीले घटनाब...
२३ मंसिर २०८२, सोमबार ११:१९२३ मंसिर २०८२, सोमबार ११:१९२३ मंसिर २०८२, सोमबार ११:१९ by विशाल श्रेष्ठNo Comments
सनातन साहित्य, सङ्गीत साधना समूह ‘पाँच स’ दक्षिण कोरियाले आफ्नो नवौं अधिवेशन आगामी जनवरी ११ (पुस २७) का दिन आयोजना गर्ने भएको छ। अधिवेशनलाई नेपालका प्रथम राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा पृथ्वी जयन्तीको अवसरमा विशेष कार्यक्रमका रूपमा मनाइनेछ।
संस्थाका अध्यक्ष श्याम अर्यालका अनुसार अधिवेशनमार्फत संस्थाको विगतका गतिविधिको समिक्षा, भावी कार्ययोजनाको निर्धारण तथा नयाँ नेतृत्व चयन गरिनेछ।
अध्यक्ष अर्यालले ‘पाँच स’ ले नेपाली सनातन धर्म, साहित्य, संगीत, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्यसहित दक्षिण कोरियामा सतत रूपमा विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो।
नेपालको मौलिक धर्म–संस्कृतिलाई विदेशी भूमिमा पनि जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्नु नै संस्थाको प्रमुख उद्देश्य रहेको अध्यक्ष अर्यालको भनाइ छ। सोही उद्देश्यअनुसार ‘पाँच स’ दक्षिण कोरियाको आन्सान...
२३ मंसिर २०८२, सोमबार ०२:३५२३ मंसिर २०८२, सोमबार ०२:३५२३ मंसिर २०८२, सोमबार ०२:३५ by विशाल श्रेष्ठNo Comments
बाग्लुङ समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम जनवरी ११ मा
बाग्लुङ समाज दक्षिण कोरियाले आगामी जनवरी ११ तारिख, आइतबार आफ्नो वार्षिक साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ। “प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भन्ने मूल नाराका साथ सन् २००१ मा स्थापित यस समाजले हरेक वर्षझैँ यस वर्ष पनि भव्य कार्यक्रम गर्ने तयारी गरेको हो।
कार्यक्रमको स्थान भने चाँडै अर्को सूचनामार्फत सार्वजनिक गरिने महासचिव सोभाकर शर्माले जानकारी दिनुभएको छ। सोही दिन २०२५ सिजनको भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष सम्मान समेत गरिने समाजले जनाएको छ।
दक्षिण कोरियामा रोजगारी, व्यवसाय र अध्ययनको शिलशिलामा रहेका बाग्लुङवासीहरूको आपसी सहयोग, सामाजिक सेवा र संकट व्यवस्थापनका उद्देश्...
२० मंसिर २०८२, शुक्रबार ०३:०३२० मंसिर २०८२, शुक्रबार ०३:०३२० मंसिर २०८२, शुक्रबार ०३:०३ by विशाल श्रेष्ठNo Comments
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमाल र उपप्रमुख कन्दकला कुमारी राना सहितको प्रतिनिधि टोलीलाई बिपिन कुमार गुरुङको गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA) दक्षिण कोरियाले विशेष स्वागत गरेको छ। स्वागत कार्यक्रमसँगै नेपाल–दक्षिण कोरिया बीचको विकास, प्रभावकारी सहकार्य र दीर्घकालीन महत्वका परियोजनाबारे विस्तृत छलफल गरिएको जानकारी दिइएको छ।
एनआरएएनए दक्षिण कोरियाले कोरियामा बसोबास गर्ने नेपाली श्रमिक, विद्यार्थी तथा विभिन्न वर्गले भोग्दै आएका समस्या, गुनासा र आवश्यकता बारे उपमहानगर प्रतिनिधि टोलीसँग खुला संवाद गरेको छ। साथै, कोरियामा रहेका नेपालीहरूले नेपालमा कसरी सुरक्षित तथा दिगो लगानी गर्न सकिन्छ, नेपालमै रोजगारी सिर्जना गर्ने रणनीति कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा पनि सुझाव र आग्रह राखिएको अध्यक्ष बिपिन कुमार गुरुङले बताए।
उक्त छलफलले नेपाल र दक्षिण कोरिया बीच...
१५ मंसिर २०८२, आईतवार १०:४११५ मंसिर २०८२, आईतवार १०:४११५ मंसिर २०८२, आईतवार १०:४१ by विशाल श्रेष्ठNo Comments
सर्वाधिक कमाइ गर्दै २०८२ सालको मेगा–हिट नेपाली फिल्म ‘परान’ कोरियामा पनि धमाकेदार रूपमा प्रदर्शन हुने भएको छ। स्याङ्जा समाज दक्षिण कोरिया (किम्हे/बुसान शाखा) को आयोजनामा डिसेम्बर १४, आइतबार विशेष शो हुने भएको छ।
फिल्म दिउँसो १:०० बजे खाया विश्वविद्यालय (가야대학교 김해 12동) मा प्रदर्शन हुने सस्थाको अध्यक्ष रमेश काफ्लेले बताएका छन। कार्यक्रम आपतकालीन राहत कोष सहयोगार्थ आयोजना गरिएको भएकाले, मनोरञ्जनसँगै सामाजिक उद्देश्य जोडिएको छ। आयोजकहरूले सबै नेपाली दाजुभाइ–दिदीबहिनीलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आह्वान गरेका छन्।...