राप्ती समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्ष तथा महाशिवरात्रि को पावन अवसरमा प्रवासी भूमिमा रहँदै आएका नेपाली समुदायबीच आपसी एकता, सद्भाव र भाइचारा कायम गर्नुका साथै मातृभूमिको कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले फेब्रुअरी १५, २०२६ मा आयोजना गरेको ‘राप्ती सांस्कृतिक साँझ तथा रात्री भोज कार्यक्रम २०२६’ को आय–व्यय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएको विवरण अनुसार कार्यक्रमबाट कुल २ करोड १० लाख ६७ हजार ३३३ वोन आम्दानी भएको छ। आम्दानीतर्फ संस्थागत सहयोगबाट २० लाख २६ हजार वोन, उपस्थितिबाट १ करोड ४१ लाख ६० हजार वोन, कार्यक्रम लक्षित सहयोगबाट ४१ लाख २० हजार ३३३ वोन तथा प्रायोजनबाट ७ लाख ६१ हजार वोन संकलन भएको उल्लेख गरिएको छ।
त्यस्तै कार्यक्रम सञ्चालनका क्रममा १ करोड २९ लाख १६ हजार वोन खर्च भएको छ। जसअन्तर्गत प्रचार–प्रसार, व्यानर तथा टिकट व्यवस्थापनमा ५ लाख ४६ हजार वो...