Advertisement
Advertisement

Day: २० भाद्र २०८२, शुक्रबार १३:१५

कोरियाबाट गणेश तामाङ योञ्जनको नयाँ तामाङ सेलो गीत ‘चरी त बस्यो डालीमा’ सार्वजनिक

कोरियाबाट गणेश तामाङ योञ्जनको नयाँ तामाङ सेलो गीत ‘चरी त बस्यो डालीमा’ सार्वजनिक

Breaking News, जानकारी, भर्खरै, समाचार
कोरियाबाट गणेश तामाङ योञ्जनको दोस्रो प्रस्तुति तथा शब्दमा रहेको नयाँ तामाङ सेलो भाकाको गीत ‘चरी त बस्यो डालीमा’ सार्वजनिक भएको छ। यो गीत Click Nepal YT मार्फत रिलिज गरिएको छ। गीतमा नेपाली संगीत क्षेत्रकी सर्वाधिक लोकप्रिय गायिका सुमिना लो र गायक आस्मान लोप्चनले आफ्नो सुमधुर स्वर दिएका छन्। संगीत तथा एरेन्जको जिम्मा विश्व दोङले सम्हालेका हुन् भने मिक्सिङ दीपेश प्रधानले गरेका छन्। रेकर्डिङ र निर्माण कार्य दोङ स्टुडियोमा सम्पन्न भएको हो। यो गीतले तामाङ समुदायको मौलिक भाकालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ। ‘चरी त बस्यो डालीमा’ प्रेम, उमंग र मौलिकतालाई समेटिएको सेलो भाकामा प्रस्तुत गरिएको छ र दर्शक–श्रोतामाझ विशेष प्रिय हुने अपेक्षा गरिएको छ। पूरा गीत यहाँ सुन्न सकिन्छ: चरी त बस्यो डालीमा https://youtu.be/GLHKFDmvXLc?si=nY9AjkfSmz1dQm09...
कोरियामा अबैधानिक अवस्थामा रहेका श्रमिकले पनि तलब र बोनस पाउने अधिकार सुरक्षित

कोरियामा अबैधानिक अवस्थामा रहेका श्रमिकले पनि तलब र बोनस पाउने अधिकार सुरक्षित

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज | कोरिया—दक्षिण कोरियामा अबैधानिक (미등록) अवस्थामा रहेका श्रमिकहरूको तलब र बोनस सुरक्षित गर्ने महत्वपूर्ण निर्णय भएको छ। अबदेखि अबैधानिक श्रमिकहरूले तलब (बक्यौता) वा बोनस (퇴직금) सम्बन्धी उजुरी गर्दा तुरुन्तै पक्राउ गरी स्वदेश पठाइने कार्य बन्द गरिएको छ। कोरियाको न्याय मन्त्रालयले श्रम मन्त्रालयसँगको समझदारी स्वीकृत गरेपछि यस्तो व्यवस्था लागू भएको हो। यसअघि धेरै श्रमिकहरूले आफ्नो तलब वा बोनस माग्दा उल्टै मालिकहरूले प्रहरीलाई खबर गरी उनीहरूलाई जबर्जस्ती स्वदेश पठाइने अवस्था सिर्जना हुन्थ्यो। यस कारण धेरै श्रमिकहरू अन्यायमा परिरहेका थिए। श्रमिक अधिकारका लागि लामो समयदेखि विभिन्न संघसंस्था र वकिलहरूको पहलमा निरन्तर दबाब दिइँदै आएको थियो। निरन्तर संघर्षपछि सरकारले यस विषयलाई कानुनी रूपमा सच्याउने प्रक्रिया अघि बढाएको हो। हालसम्म प्राप्त उपलब्धिलाई श्रमिक संगठनहरूले करिब ९० प्रतिशत...
अमेरिकामा ४५० भन्दा बढी अवैध श्रमिक पक्राउ, ३० भन्दा बढी कोरियन समेत

अमेरिकामा ४५० भन्दा बढी अवैध श्रमिक पक्राउ, ३० भन्दा बढी कोरियन समेत

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज : अमेरिकाको जर्जिया राज्यस्थित Hyundai–LG EV ब्याट्री निर्माण साइट मा अमेरिकी इमिग्रेशन एजेन्सीले ठूलो छापा मार्दा करिब ४५० जना अवैध श्रमिक पक्राउ परेका छन्। तीमध्ये ३० भन्दा बढी दक्षिण कोरियाली नागरिकहरू समेत रहेका जनाइएको छ। अधिकारीहरूका अनुसार, ती कोरियन नागरिकहरूले B-1 भिसा वा ESTA प्रयोग गरी अमेरिकामा प्रवेश गरेका थिए तर वास्तविकतामा निर्माण क्षेत्रमा अवैध रूपमा काम गर्दै आएका थिए। छापा मार्ने क्रममा ICE, FBI, HSI र ATF समेतका निकायहरूको संयुक्त टोली खटिएको थियो। यस घटनापछि उक्त कारखानाको निर्माण कार्य आंशिक रूपमा रोकिएको छ। दक्षिण कोरियाली परराष्ट्र मन्त्रालयले अमेरिकासँग तत्काल कूटनीतिक पहल गरेको छ। मन्त्रालयले आफ्ना नागरिकको सुरक्षा र अधिकारको रक्षा गर्न आग्रह गर्दै, कोरियाली लगानीमा बनेको यो बहु-अर्ब डलरको परियोजना प्रभावित नहोस् भन्ने सुनिश्चितता खोजिरहेको छ। ...
अत्यन्त जरुरी सूचना : कोरियामा कार्यरत नेपाली श्रमिकलाई दूतावासको आग्रह

अत्यन्त जरुरी सूचना : कोरियामा कार्यरत नेपाली श्रमिकलाई दूतावासको आग्रह

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकका हकहित र अधिकार सम्बन्धी समस्यामा नेपाल राजदूतावास, सिओलले अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ। दूतावासले नेपाली श्रमिकहरूले काम गर्ने कम्पनी वा स्थानमा हुने श्रम शोषण, आर्थिक शोषण, ठेक्का (Contract) विपरीतको व्यवहार, तलब बक्यौता (wage arrears) लगायतका गुनासा भएमा तुरुन्तै जानकारी दिन आग्रह गरेको छ। विशेषगरी, श्रमिकहरूले मानव अधिकार उल्लंघनसँग सम्बन्धित घटना वा अन्य समस्या भोग्दै आएका छन् भने, सम्बन्धित कम्पनीको नाम, कामको प्रकार, समस्या विवरणसहित जानकारी दूतावासको आधिकारिक इमेल ठेगानामा पठाउन भनिएको छ। श्रमिकहरूले आफूले भोगिरहेको समस्या आगामी आइतबार, ७ सेप्टेम्बर २०२५ भित्रै eonseoul@mofa.gov.np वा labourkorea@mofa.gov.np मा इमेलमार्फत बुझाउन सक्ने व्यवस्था गरिएको दूतावासले स्पष्ट पारेको छ। नेपाल राजदूतावासले सबै नेपाली श्रमिकलाई आफ्...
लेखजंग थापालाई उम्मेदवार नबनाउन रास्वपालाई महिला सुरक्षा दबाब समूहको ध्यानाकर्षण

लेखजंग थापालाई उम्मेदवार नबनाउन रास्वपालाई महिला सुरक्षा दबाब समूहको ध्यानाकर्षण

भर्खरै, समाचार
लेखजंग थापालाई उम्मेदवार नबनाउन रास्वपालाई महिला सुरक्षा दबाब समूहको ध्यानाकर्षण महिला सुरक्षा दबाब समूहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. लेखजंग थापालाई रुपन्देही क्षेत्र नं. ३ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार लागिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समूहले बिहीबार विज्ञप्ति जारी गर्दै डा. थापामाथि कानुनी रूपमा पहिलो श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको भन्दै सार्वजनिक रूपमै कानुनी र नैतिक प्रश्न उब्जिएकाले त्यस्तो व्यक्तिलाई उम्मेदवार बनाउनु महिला अधिकारप्रति राजनीतिक संवेदनहीनताको ज्वलन्त नमुना भएको जनाएको छ। समूहका अध्यक्ष इरादा गौतमले हस्ताक्षर गरी सार्वजनिक गरिएको उक्त विज्ञप्तिमा थापाले पहिली श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको र विवाहको ९ वर्ष पछि कान्छी श्रीमतीले नै आफूलाई मानसिक यातना दिने, खान लाउन नदिने र घरबाट निकाला गरेको आरोप लगाउँदै थापाविरुद्ध...
आजको राशिफल: २०८२ भदौ २० गते शुक्रबार

आजको राशिफल: २०८२ भदौ २० गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  व्यक्तिगत कार्यक्षेत्रमा बोझ बढ्ने दिन हो, निजी काममा खट्नुपर्दा अधिकांश समय बित्नसक्छ, पार्टनरको चाहनाअनुसार समय निकाल्न सकिंदैन र अनावश्यक तनाव व्यहोर्नुपर्ने समय छ । जीवनशैली र कार्यप्रणालीमा आएको परिवर्तनले सकारात्मक वातावरण बन्नेछ । फोन वा मेलमार्फत कुनै राम्रो समाचार पाउन सक्नुहुन्छ । लेखन/प्रकाशनको काम, परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, शेयर मार्केट, कम्प्यूटरसम्बद्ध काम वा वाणीप्रधान कामबाट फाइदा लिने दिन हो ।  बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  धार्मिक/सामाजिक काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ । मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो, आज पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सकिने छ । हातमा सह भएको दिन छ, नयाँ काममा हात हाल...