Advertisement
Advertisement

सोनसिक शैक्षिक अन्तर्राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा, शिक्षा मन्त्री सुमना श्रेष्ठले उद्घाटन गर्ने

Advertisement
Advertisement

 

कमला केसी/दक्षिण कोरिया
शैक्षिक क्षेत्रमा रचनात्मक काम गर्दै आएको नेपाली विद्यार्थी समाज, दक्षिण कोरियाले आयोजना गरेको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।

यहि जुन महिनाको १५ र १६ गतेका दिन आयोजित सम्मेलनको सवैजसो तयारी अन्तिम चरणमा पुगेको हो । नेपाली विद्यार्थी समाज दक्षिण कोरिया स्थापना भएको २० वर्ष पुगेको अवसरमा नामसउल विश्वविद्यालयसँगको सहकार्यमा सम्मेलन आयोजना गरिएको हो ।


आयोजकले उक्त सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा गरेको छ । सम्मेलनमा समेटिएका सबै ज्ञानबर्दक, सूचनामूलक, चेतनामूलक, उत्प्रेरणामूलक कार्यक्रमहरुको भरपुर फाईदा लिन पनि आयोजकले आग्रह गरको छ । कार्यक्रमहरुमा पुरै समय भाग लिनु हुने सहभागिहरुको लागि इलेक्ट्रिक भर्सनको सर्टिफिकेट पनि प्रदान गरिने समाजका अध्यक्ष मेघनाथ पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार गोष्ठीको उद्घाटन नेपाल सरकारका शिक्षामन्त्री सुमना श्रेष्ठले गर्नुहुने भएको छ भने समारोहलाई मन्त्री श्रेष्ठ सँगै दक्षिण कोरियाका लागि नेपाली राजदुत डा. ज्योती प्याकुरेल, नामसउल विश्वविद्यालयका प्रेसिडेन्ट डा. युन सङ् योङ् लगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै आफ्नो अध्ययन, अनुसन्धानको प्रस्तुति गर्न सकिनुका साथै बिभिन्न बिषयमा आफुले गरेका रिसर्चहरुको प्रस्तुति गर्न सकिन्छ । सम्बन्धित बिषयका बिज्ञहरुबाट उपयुक्त सुझाव र प्रतिकृया पाउन सकिने भएकाले पनि यसलाई महत्वका साथ लिईएको छ । सम्मेलनमा सहभागिका सम्वन्धित विषयको अनुसन्धानलाई पोस्टरको रुपमा पनि प्रस्तुती दिन सकिने व्यवस्था गरिएको छ । उत्कृष्ट प्रस्तुतिहरुलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । सोनसिकको यो कार्यक्रममा नेपाली विद्यार्थी मात्रै नभई सिक्न ईच्छुक सबैको साझा कार्यक्रम भएकाले सवै पक्ष, वर्ग र क्षेत्रका नागरिकहरु सहभागि हुन सक्ने बताईएको छ ।
यसैबीच सम्मेलनको तयारीका बारेमा छलफल गर्न सोनसिक र नामसियोल विश्वविद्यालयबीच गत बिहीवार औपचारिक बैठक सम्पन्न भएको छ । बैठकमा नामसियोल विश्वविद्यालयका अध्यक्ष प्रा डा. योन सेउङ योङ, नामसियोल विश्वविद्यालयका सहप्राध्यापक र अन्तर्राष्ट्रिय सम्मेलन वैज्ञानिक समितिका अध्यक्ष डा. सृजना थापाको सहभागिता रहेको थियो । वैठकमा प्राध्यापक डा. युन सिल किम, सोनसिक अध्यक्ष मेघनाथ पौडेल, सोनसिक मिडिया उपसमितिका संयोजक डा. कमला केसीले कार्यक्रमका बिषयमा छलफल गर्नुभएको थियो ।

यस कार्यक्रमलाई सभ्य अनि भव्य रूपमा सफल पार्नको लागि नेपाली राजदुतावास दक्षिण कोरियाले समन्वय, सहकार्य र सहयोग गर्ने भएको छ ।


कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि संस्थाले सम्पूणर् बुद्धिजीवी, सामाजिक व्यक्तित्व, व्यवसायिक वर्ग र संघ संस्थाहरुलाई आर्थिक सहयोगको लागि पनि विशेष अनुरोध गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×