Advertisement
Advertisement

कोरियन राजदुतावासलाई ध्यानाकर्षण तथा अनुरोध पत्र ।

Advertisement
Advertisement

 

महामहिम राजदुत ज्यु ,

कोरियन राजदुतावास 

काठमाण्डौं, नेपाल ।

विषय : ध्यानाकर्षण तथा अनुरोध पत्र ।

महोदय, 

नेपालीहरुको आकर्षित र भरपर्दो श्रम बजार रुपमा रहेको दक्षिण कोरियामा EPS प्रणाली मार्फत करिब ६०,०००/- को हाराहारीमा नेपालीहरु कोरिया प्रवेश गरि कार्यरत छन् । अध्ययन, व्यापार, भ्रमण साथै अन्य उद्देश्यका लागी पनि उल्लेख्य संख्यामा नेपालीहरु कोरियामा रहेको विषय अवगत नै छ । फरक उद्देश्य र विभिन्न कामको शिलशिलामा छोटो तथा लामो समय बसोबास गर्ने नेपालीहरुलाई समय र आवश्यकता अनुसार सरकारी र कानुनी प्रक्रियाका कागपत्रहरु बनाउनु पर्ने, थपघट गर्नु पर्ने, अनुमति तथा रद्द गर्नुपर्ने हुन्छ । यहाँ रहेका विविध विषय र समस्याहरुको समाधान र सहजीकरण गर्ने आधिकारिक संयन्त्र भनेको कोरियामा रहेको नेपाली दुतावास र नेपालमा रहेको कोरियन दुतावासनै हो । 

नेपालीहरु रोजगारीका लागी दक्षिण कोरिया सरकारी भिषामा जाने हुदा व्यक्ति स्वयं नेपाल स्थित कोरियन दुतावासको ढोका सम्म जानु पर्ने स्थिती नरहेता पनि कोरियामा अस्थायी बसोबास(डिपेन्डेन्ट), अध्ययन, भ्रमण,व्यापार तथा विभिन्न संघसंस्थाका साङ्गीतिक तथा अन्य कार्यक्रममा आउने कलाकार तथा व्यक्तिहरुको भिषा प्रोसेस र कन्सुलरको काममा अनिवार्य अनलाईन मार्फत प्रिडेट बुकिङ गरेर मात्र आवेदन दिनसक्ने व्यवस्था छ । केहि समय पहिले यो अपोईन्मेन्ट लिन  दुतावास खुल्ला रहने प्रत्येक दिन ९ बजे देखि गर्न सकिने व्यवस्था थियो । अपोईन्मेन्ट लिनेको संख्या अत्यधिक हुने कारणले सर्भरमा नै समस्या भोग्नु परेको तथा अपोईन्टमेन्ट नै लिन नसकिने समस्या हामी धेरैले भोगेको सर्वविदित नै छ । अपोईन्टमेन्ट लिएर चर्को शुल्कमा बिक्री गर्ने पेसेवर गिरोहहरुको कारणले यस्तो समस्या आएको भनेर सर्वत्र विरोध भएपछि दुतावासले सिस्टम अपग्रेड तथा प्रक्रियामा केहि सुधार गर्न खोजेको देखिन्छ । तर अहिले हप्ताको १ दिन सोमबार नेपाली समय १० बजे पछि मात्र अपोईन्टमेन्टको लागी डेटबुक गर्न सकिने व्यवस्था छ । पछिल्लो व्यवस्थाले समस्या निराकरण र सहज होला भन्ने सोचेका हामी सबै सेवाग्राहीले झन बढी झन्झट र हैरानी खेपिरहनु परेको छ । लामो समयसम्म पनि डेटबुक गर्न नसकिने तीतो यथार्थका कारण फेरिपनि दलाल गुहार्नुपर्ने बाध्यता र आवश्यकता छ । सेवाग्राही मार्फत सक्रिय दलालहरुले एउटा डेटबुकको नेपाली ७ हजार देखि २२ हजार रुपैयाँ सम्म लिने गरेको पिडितहरुको वास्तविक गुनानो र आक्रोस रहेको छ । 

अहिले भईरहेको सक्रिय गिरोहहरुको दलाली मोलमोलाइ अन्त्य गरि स्वस्थ,व्यवस्थित र दुर्त सेवा प्रवाह गर्न दुतावास र सम्बन्धित निकायले तत्काल समस्या पहिचान गरेर ठोस कदम चाल्न आवश्यक रहेको छ । यो समस्या तथा हैरानी निराकरण गरेर वैज्ञानिक र व्यवस्थित सेवा प्रवाह गर्न आवश्यक प्रणाली परिवर्तन वा सुधार गर्न यथासिघ्र कामकार्बाही अगाडी बढाएर उल्लेखित समस्या समाधान गरि सम्पुर्ण सेवाग्राहीलाई सहज र सिधा माध्यमबाट सेवा प्रदान हुने वातावरण मिलाउन ध्यानाकर्षण तथा अनुरोधसँगै जोडदार माग गर्दछौं । 

सम्पुर्ण प्रक्रिया पुर्याएर आवश्यक कागजपत्र तयार गरेको २-३ महिना सम्म पनि अपोईन्मेन्ट लिन नसकेर पुनः कागजपत्र बनाउनुपर्ने तथा तयारी योजना र कार्यक्रमहरु नै रद्द गर्नुपर्ने बाध्यताले धेरै नेपाली सेवाग्राहिलाई आजित बनाएको विषय यथाशीघ्र सम्बोधन गरेर समस्या समाधान गर्न यसमा सम्बन्धित सबै निकायहरुको ध्यानाकर्षण गराउँछौं । 

यसप्रकारको अवस्थित तथा अपारदर्शी सेवा प्रवाह र कार्यसम्पादनले नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोण नकरात्मक र फरक हुदैँ गएर मुलुक प्रति नै साख र विश्वास गुम्दै जाने विषयलाई गम्भीर रुपमा लिनुपर्छ । व्यवस्थित देश दक्षिण कोरियाले उसको दुतावास मार्फत नेपालमा प्रवाह गर्ने काममा देखिएका समस्याहरु समाधान गर्न ध्यान नदिएको आरोप बीच कोरियाको हेपाइ वा नेपाललाई हेर्ने दृष्टिकोणमा नै खोट रहेको छ कि भनेर आशंका पनि हुन थालेको छ । नेपाली राजदुतावास-दक्षिण कोरिया, परराष्ट्र र श्रम मन्त्रालयको सम्बन्धित विभागलाई पनि सहजीकरण र सहयोग गरिदिनु हुन ध्यानाकर्षण तथा अनुरोध गर्दछौं । 

निवेदक 

दयाराम निरौला

दक्षिण कोरिया 

तथा सम्पुर्ण सेवाग्राही

बोधार्थ 

१) परराष्ट्र मन्त्रालय, काठमाण्डौं 

२) श्रम मन्त्रालय, काठमाण्डौं

३) नेपाली राजदुतावास, सिओल, दक्षिण कोरिया 

नोट : सम्बन्धित सबै निकायमा ईमेल मार्फत पत्र पठाईएको जानकारी गराउँदछु ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Průvodce světem free spinů: Max Casino a jejich volné otočky

Průvodce světem free spinů: Max Casino a jejich volné otočkyJmenuji se Martin Novák a jsem nadšenec do online hazardních her. V to...

Jak ‘Hit Rate’ ovlivňuje volbu her pro online automaty?

Jak 'Hit Rate' ovlivňuje volbu her pro online automaty?Jsem Jan Novák, odborník na online automaty a herní strategie. Při výběru n...

Opdag loyalitetsprogrammer og VIP-fordele på casino uden ROFUS

Opdag loyalitetsprogrammer og VIP-fordele på casino uden ROFUSMit navn er Kasper Nielsen, og i denne artikel vil jeg guide dig gen...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×