Advertisement
Advertisement

राजनीतिक भ्रम र समाजको अनिश्चित भविष्य

Advertisement
Advertisement

नेपालीलाई सबैभन्दा धेरै केहि कुरा थाहा छ भने त्यो राजनीति हो । बहुसंख्यक नेपालीले राजनीति भनेर बुझेको सवाल नै वाद, तन्त्र, पार्टी, जात, वर्ग, धर्म र व्यक्ति विशेषको समर्थन वा विरोध, जिन्दावाद वा मुर्दावाद, तर्क वा कुतर्क, आलोचना वा प्रशंसा मात्रै हो । नेपाली राजनैतिक समाजमा कि भगवान छ, कि राक्षस मात्र छ, साधारण मानव रुपी नेतृत्व भनेको असम्भव कुरा हो भन्ने भ्रम राजनीति गर्नेहरुले समाजलाई बुझाएका छन् अनि बहुसंख्यक नेपालीको बुझ्न सक्ने क्षमता यो भन्दा माथि उठ्न सकेको छैन । राजनीतिमा निष्ठा र नैतिकता अनि नागरिकमा चेतना र मानवीय विवेक प्रयोग गर्न सक्ने सामाजिक पारदर्शिता हुनुपर्छ तब मात्र सेवामुलक राजनीति गर्ने नेतृत्वको उदय हुन्छ । मुलुक आधुनिक, विकसित र चेतनशील भएर उदाँउन आफ्नो भागमा परेको जिम्मेवारी निर्वाह सबैले अनुशासित भएर गर्नुपर्छ । बिडम्वना हाम्रो देशको परिवेशमा प्रायः सबैलाई आफ्नो काम, कर्तव्य र दायित्व पुरा गर्ने भन्दा पनि राजनीति भन्दा बाहिर सोच्न फुर्सद नै छैन । कोहि नेता, कोहि कार्यकर्ता, कोहि ढोगी, कोहि कट्टर समर्थक, कोहि कट्टर आलोचक, कोहि भरिया भएर दिनचर्या बितिरहेको छ ।

सेवामुलक राजनीति गर्नपर्ने दल र नेताहरु भ्रष्टाचार र अपराधमा संलग्न छन् ।
मिडिया सत्यतथ्य जानकारी, सचेतना र खबरदारी छोडेर मिसनरी पत्रकारिता र नोटमा निष्ठा खरिदबिक्रीमा रमाईरहेको छ ।
प्राध्यापक, शिक्षकलाई विद्यार्थीको भन्दा संगठन र राजनैतिक ताण्डवको चिन्ता चासो छ ।
कर्मचारीहरुको ध्यान र समय सेवा प्रवाह गर्न भन्दा युनियन र राजनीतिको समर्थन वा विरोधको फण्डामा खपत भईरहेको छ ।
विद्यार्थीहरु अध्ययन र खोजमा भन्दा तालाबन्दी र तोडफोडमा ट्यालेन्ट छन् ।
उद्योगी-व्यापारीले उत्पादन र व्यापारलाई भन्दा कालोबजारी र करछलीलाई पैसा कमाउने साध्य र साधन बनाएका छन् ।
प्रदेशी जमातलाई बचत व्यवस्थापन, सीप आर्जन, पारिवारिक व्यवस्थापन र स्वास्थ्य भन्दा ठुलो चिन्ता संघ, समाज र संगठन निर्माण गरेर नेपाल कै राजनीति गन्ध र तमाशाको संरक्षण र विजारोपण गर्नमा छ ।
सुरक्षा निकायका मुखिया र हाकिमहरु कर्तव्य र कानुनी शासन भुलेर बाध्यता वा रहरले हो, नेता र नेतृत्वको चाकरी, सोर्सफोर्स र अपराधी संरक्षणमा व्यस्त देखिन्छन् ।

समाज समुन्नत र मुलुक समृद्ध हुनलाई हरेक नागरिकले आफ्नो जिम्मेवारी, कर्तव्य र दायित्व स्वतन्त्र र निष्पक्ष रुपमा पुरा गर्नुपर्ने हुन्छ ।

राजतन्त्र भएको मुलुक कतार, गणतन्त्र भएको मुलुक दक्षिण कोरिया, संवैधानिक राजतन्त्र र कार्यकारी प्रधानमन्त्री भएको बेलायत, एक दलील प्रणाली भएको चीन, कार्यकारी राष्ट्रपति भएको अमेरिका, लगभग नेपाल कै जस्तो शासकीय स्वरुप भएको भारत, मुस्लिम देश साउदी अरब, पश्चिमी क्रिस्चियन मुलुकहरु कुनै वाद, तन्त्र, धर्म र शासकीय प्रणालीको कारणले मात्र अत्याधुनिक, विकसित र समृद्ध भएका होईनन् । नेतृत्वहरुको भिजन, त्याग, ईमानदारीता, लगनशीलता र निरन्तरता अनि नागरिकहरु अनुशासन र चेतनाले सम्भव भएको हो ।

विश्व 5G को विकल्प खोज्दैछ हामी तन्त्र र वादको विकल्प खोज्दैछौ । दुनियाँ अन्तरिक्षमा भविष्य खोज्दैछ हामी आमसभा, मार्चपास अनि जिन्दावाद र मुर्दावादमा रुमलिएर वर्तमान नै अन्धकार बनाईरहेका छौं । रकेटमा हराएका यात्री सकुशल फिर्ता ल्याउँदै गरेको युगमा हामी विदेशमा अलपत्र परेको, हराएका वा मृत्यु भएका नागरिक त स्वदेश ल्याउन सक्दैनौं । कुवाको भ्यागुता कराए जसरी भ्रम, पागलपन र स्वार्थमा अल्झेर राणा, पन्चायत, राजतन्त्र, गणतन्त्र भन्दै समर्थक र विरोधी भएर ट्वार-ट्वार गरिरहेका छौं । नेपाल र नेपालीको भविष्य अन्धकार वा उज्यालो भन्दा पनि अनिश्चित र गन्तव्य विहिन देखिन्छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvky

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvkyJmenuji se Martin Novák a rád bych vás seznámil s online ...

Discover the best online casino Canada for Microgaming slots enthusiasts

Discover the best online casino Canada for Microgaming slots enthusiastsAs an avid online gambling expert, I often get asked how t...

Оптимизация настроек вашего аккаунта после входа в Mostbet KZ

Оптимизация настроек вашего аккаунта после входа в Mostbet KZПосле того как вы выполнили вход в свой аккаунт на платформе Mostbet ...

Jak wziąć udział w turniejach slotowych legalnego polskiego kasyna online?

Jak wziąć udział w turniejach slotowych legalnego polskiego kasyna online?Witam! Nazywam się Michał Kowalski i jako ekspert w dzie...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×