Advertisement
Advertisement

ख्यङ्साङ् बुसान कपको उपाधी नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान एफसीको पोल्टामा

Advertisement
Advertisement

बोम्जन गुरुङ:कोरियाको दक्षिणी भेगमा रहेको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा, तमू धी बुसान एफसीको आयोजनामा पुरुष तथा महिला फूटसल लिग प्रतियोगिता २०२४ सम्पन्न भएको खेलमा पुरुषतर्फ नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान एफसीले शानदार जीत निकाल्दै उपाधी चुमेको छ । यही १७ नोभेम्बरमा (밀양시 사문동 670 풋살장) स्थित खेलमैदानमा सम्पन्न प्रतियोगितामा नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान एफसीले ३२ टीमलाई पछि पार्दै उक्त प्रतियोगिताको ३० लाख कोरियन वोन सहित उक्त उपाधी चुमेको हो ।

फाइनल खेलमा हिमालयन एफसी सछाङ्ग उल्सानलाई पाखा लगाउँदै शानदार जित निकालेको नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान एफसी प्रथम र द्वित्तीय हिमालयन एफसी सछाङ्ग उल्सानले क्रमशः ३० लाख र २० लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । खेल अवधिभरको उत्कृष्ट खेलाडी किरण जबेगु (नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान एफसी), उत्कृष्ट गोलकिपर अनिल थुलुङ (हिमालयन एफसी) र सर्वाधिक गोलकर्ता लुकास गोले (नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान एफसी) ले जनही नगद १ लाख कोरियन वोन सहित ट्रफी, मेडल प्रमाण पत्र प्राप्त गरेका छन् । महिला तर्फ भएको खेलमा भने ख्याङ्गिदो सउल टीम विजेता र ख्यङ्नाम युनाइटेड उपविजेता बन्दै आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार पुरस्कार स्वरुप प्राप्त गरेका छन् ।

महिला खेल तर्फ उत्कृष्ट गोलकिपर विष्णु भट्टराई (ख्यङ्गिदो सउल), सर्वाधिक गोलकर्ता सपना बस्नेत (ख्यङ्गिदो सउल) र उत्कृष्ट खेलाडीको उपाधी दावा लामा (ख्यङ्गनाम युनाइटेड) घोषित हुँदै जनही नगद १/१ लाख कोरियन वोन सहित ट्रफी, मेडल प्रमाण पत्र प्राप्त गरेका छन् । नेपाल फुटबल महासंघ दक्षिण कोरियाका अध्यक्ष ब्रो तमु (कृष्ण) को प्रमुख आतिथ्यतामा भएको सो प्रतियोगिता निकै उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष गीतासिँह गुरुङले जानकारी दिए ।

“राष्ट्रिय पहिचानको लागि खेलकूद, स्वास्थ्य र मनोरञ्जनको लागि खेलकूद” भन्ने नारासँगै तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा, तमू धी बुसान एफसीद्धारा आयोजित उक्त तमू धीं ख्याङसाङ बुसान कप “पुरुष तथा महिला फूटसल लिग प्रतियोगिामा २०२४” मा कूल ३२ टीमको सहभागिता रहेको थियो । कार्यक्रम सफल बनाउन कोरियामा रहेका सम्पूर्ण संघसंस्था एवं खेलप्रेमी महानुभाव तथा शुभचिन्तकहरुमा आयोजक संस्थाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×