Advertisement
Advertisement

जेजुदोको मेगा बक्समा नोभेम्बर २ मा प्रदर्शन हुदै ‘१२ गाउँ’, टिकट बुकिङ खुल्ला

Advertisement
Advertisement

विशाल आवाज: हाल नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको जेजुदोको मेगा बक्समा पनि नोभेम्बर २ तारिख शनिबारका दिन साँझ ७ बजे प्रदर्शन हुने भएको छ।

नेपालमा प्रदर्शनको दश दिनमै १० करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको जेजुदोमा पनि शुभ दीपावली तथा तिहारको पावन अवसर पारि जेजु नेपाल कमिटी,जेजुदोले प्रदर्शन गर्ने भएको हो। जेजुदो स्थित 제주 제주시 구산로 4 1중 (메가박스 제주아라) मा नोभेम्बर २ तारिख शनिबारका दिन साँझ ७ बजे देखि प्रदर्शन हुने चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप २५००० वन दिनुपर्ने आयोजकले जनाएको छ। २०२४ अक्टोबर १ तारिख भन्दा पछि भर्खरै नेपालबाट कोरिया प्रवेश गर्नुभएका जो कोहीलाई निःशुल्क रुपमा चलचित्र देखाइने र १० जना भन्दा बढीको समूहमा आउनुहुनेलाई एउटा टिकट निःशुल्क दिने व्यवस्था गरिएको “१२ गाउँ” जेजु सो को सिट सिमित रहेकोले आफ्नो टिकट समयमै सुरक्षित गर्नुहुन आयोजकले अनुरोध समेत गरेको छ।

पहिले पनि चलचित्र प्रदर्शनी लगायत विभिन्न कार्यक्रमहरू गरिसकेको जेजु नेपाल कमिटीले आफ्नो स्थापना कालदेखि नै विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा दक्षिण कोरिया लगायत नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिविधि गर्दै आइरहेको छ। शुभ दीपावलीको पावन अवसरमा नोभेम्बर २ तारिख साझ ७ बजे मेगाबक्समा प्रदर्शन गर्न लागेको चलचित्र ‘१२ गाउँ’ हेरेर मनोरञ्जनसँगै सामाजिक कार्यमा पनि हातेमालो गरेर सहकार्य गर्नुहुनका लागि जेजुदो बासि सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा आयोजकले हार्दिक अनुरोध समेत गरेको छ।

विराज र समीर पहिलो पटक एकसाथ देखिएकाले फिल्ममा पूर्व ‘मिस नेपाल इन्टरनेशनल’ न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, शुलेमान शंकर ‘इकु’, भिष्म जोशी, स्टन्ट सिल्भा (साउथ फिल्मका कलाकार) लगायतको पनि अभिनय देख्न सकिन्छ ।

फिल्ममा महेश पौडेलको छायांकन, अर्जुन पोखरेल र निरज सिंहको संगीत, रामजी लामिछाने र सुनिल क्षेत्रीको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ भने विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ । यसमा द्वन्द्व निर्देशन साउथका स्टन्ट सिल्भाले गरेका छन् । उनले साउथका ५० बढी फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका छन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×