Advertisement
Advertisement

गजेदोमा नोभेम्बर २ मा प्रदर्शन हुदै ‘१२ गाउँ’

Advertisement
Advertisement

विशाल आवाज:  हाल नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल  अभिनेता विराज भट्ट निर्देशित  ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको गजेदोमा पनि नोभेम्बर २ तारिख शनिबारका दिन साँझ ७ बजे प्रदर्शन हुने भएको छ।

नेपालमा प्रदर्शनको दश दिनमै १० करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको गजेदोमा पनि शुभ दीपावली तथा तिहारको पावन अवसर पारि हान्वा ओसन नेपाली एकता समाज दक्षिण कोरियाले प्रदर्शन गर्ने भएको हो।  हान्वा ओसनमा कार्यरत नेपालीहरूले गजेदो स्थित गजे थेहाक्यो (거제시 마전1길 91-거제 대학교 정보관D104호) मा नोभेम्बर २ तारिख शनिबारका दिन साँझ ७ बजे देखि “अशक्त, अनाथ तथा विपन्न वर्ग लक्षित शैक्षिक सहयोगार्थ” चलचित्र  ‘१२ गाउँ’ गजेदोमा प्रदर्शन गर्न लागेको हो। लुम्बिनी रेस्टुरेन्ट एण्ड बार अगाडि बाट हल सम्म जान र फर्कनको लागि बसको समेत व्यवस्था गरेको ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप २५००० वन दिनुपर्ने आयोजकले जनाएको छ। 

“हाम्रो चाहना प्रवासी एकता र सद्भावको कामना”भन्ने मूल नाराका साथ सन् २०१६ मा स्थापित हान्वा ओसन नेपाली एकता समाज दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा दक्षिण कोरिया लगायत नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिविधि गर्दै आइरहेको छ। शुभ दीपावलीको पावन अवसरमा नोभेम्बर २ तारिख साझ ७ बजे प्रदर्शन गर्न लागेको चलचित्र ‘१२ गाउँ’ हेरेर मनोरञ्जनसँगै सामाजिक कार्यमा पनि हातेमालो गरेर सहकार्य गर्नुहुनका लागि गजेदो बासि सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा आयोजकले हार्दिक अनुरोध समेत गरेको छ।

 

विराज र समीर पहिलो पटक एकसाथ देखिएकाले फिल्ममा पूर्व ‘मिस नेपाल इन्टरनेशनल’ न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, शुलेमान शंकर ‘इकु’, भिष्म जोशी, स्टन्ट सिल्भा (साउथ फिल्मका कलाकार) लगायतको पनि अभिनय देख्न सकिन्छ ।

फिल्ममा महेश पौडेलको छायांकन, अर्जुन पोखरेल र निरज सिंहको संगीत, रामजी लामिछाने र सुनिल क्षेत्रीको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ भने विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ । यसमा द्वन्द्व निर्देशन साउथका स्टन्ट सिल्भाले गरेका छन् । उनले साउथका ५० बढी फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका छन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×