दक्षिण कोरियाको ख्यङ्गी प्रान्तअन्तर्गत ह्वासङ सहरले यस वर्ष प्राथमिक विद्यालयमा भर्ना हुने बालबालिकाका लागि प्रति विद्यार्थी २ लाख वोन बराबरको प्रवेश शुभकामना भत्ता प्रदान गर्ने घोषणा गरेको छ। सहर प्रशासनले सोमबार सार्वजनिक गरेको जानकारीअनुसार उक्त रकम स्थानीय मुद्रा मार्फत वितरण गरिनेछ।
ह्वासङ सहरका अनुसार कार्यक्रमको उद्देश्य अभिभावकको आर्थिक भार कम गर्नुका साथै सर्वसुलभ शैक्षिक कल्याण प्रणालीलाई प्रवर्द्धन गर्नु हो। सहायता कार्यक्रमअन्तर्गत वैकल्पिक विद्यालयमा भर्ना हुने विद्यार्थीहरू पनि समावेश गरिएका छन्।
आवेदनका लागि विद्यार्थीको भर्ना मितिसम्म ह्वासङ सहरमा अभिभावकको बसोबास दर्ता भएको हुनुपर्नेछ। भत्ता प्राप्त गर्न आवेदन अवधि घोषणा गरिएको दिनदेखि आगामी नोभेम्बर २७ सम्म रहनेछ। आवेदन स्वीकृत भएपछि रकम आवेदन दिएको मितिअनुसार अर्को महिनाको १५ गते वा महिनाको अन्तिम दिन प्रदान गरिन...
२० फाल्गुन २०८२, बुधबार २३:१८२० फाल्गुन २०८२, बुधबार २३:१८२० फाल्गुन २०८२, बुधबार २३:१८ by विशाल श्रेष्ठNo Comments
ख्याङ्नाम नेपाली समाज दक्षिण कोरियाले आफ्नो स्थापनाको महत्वपूर्ण खुड्किलो पार गर्दै आगामी ८ मार्च २०२६ (आइतबार) का दिन “दोस्रो अधिवेशन” आयोजना गर्ने भएको छ। 경상남도 (ख्यङ्साङनाम्दो) क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई एउटै सूत्रमा बाँध्दै सामाजिक सेवामा सक्रिय रहँदै आएको समाजले अधिवेशनलाई भव्य र प्रतिनिधिमूलक बनाउने तयारी गरेको जनाएको छ।
अधिवेशन दिउँसो १:०० बजे Changwon Migrants Center (ख्याङ्नाम इजुमिन सेन्टर), 창원시 의창구 사화로18번길 30 मा आयोजना हुनेछ। समाजले 경상남도 क्षेत्र तथा आसपासमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनी, विभिन्न संघ–संस्थाका प्रतिनिधि एवं सामाजिक व्यक्तित्वहरूलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन हार्दिक निमन्त्रणा गरेको छ।
समाजका अनुसार, अधिवेशनले विगत कार्यकालको समीक्षा, आगामी कार्ययोजना निर्माण तथा नयाँ नेतृत्व चयनजस्ता विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्...
१९ फाल्गुन २०८२, मंगलवार १३:१२१९ फाल्गुन २०८२, मंगलवार १३:१२१९ फाल्गुन २०८२, मंगलवार १३:१२ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकहरूलाई कुकमिन फोहम (National Pension Scheme) मार्फत पेन्सन सुविधा सुनिश्चित गराउन पहल गर्न माग गर्दै ६ वटा प्रादेशिक समाजले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन्।
उक्त ज्ञापनपत्र आज डा. शिवमाया तुम्बाहाङ्फे र नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दिपक काफ्ले समक्ष पेश गरिएको हो।
ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार दक्षिण कोरिया मा EPS अन्तर्गत कार्यरत नेपाली श्रमिकहरूले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका भए पनि अन्य देशका श्रमिकसरह राष्ट्रिय पेन्सन सुविधा पूर्ण रूपमा प्राप्त गर्न नसकेको अवस्था रहेको जनाइएको छ।
कोरियामा निश्चित अवधिसम्म काम गरी स्वदेश फर्किने विदेशी श्रमिकहरूले पेन्सन रकम प्राप्त गर्ने व्यवस्था भए पनि नेपाली श्रमिकहरूको दीर्घकालीन सामाजिक सुरक्षा सुनिश्चित हुन नसकेको भन्दै नेपाल स...
१९ फाल्गुन २०८२, मंगलवार ०९:२९१९ फाल्गुन २०८२, मंगलवार ०९:२९१९ फाल्गुन २०८२, मंगलवार ०९:२९ by एलिनाNo Comments
दक्षिण कोरिया सरकारले अवैधानिक रूपमा बसोबास गरिरहेका विदेशी श्रमिकलाई वैधानिक मान्यता दिने तथा रोजगार अनुमति प्रणाली (E-9 भिसा) अन्तर्गत केही श्रेणीका श्रमिकलाई परिवारसहित बस्न अनुमति दिने विषयमा छलफल अघि बढाएको छ। सरकारले यी प्रस्तावलाई औपचारिक नीति बनाउने वा नबनाउने विषयमा समीक्षा गर्ने तयारी गरिरहेको जनाएको छ।
श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत गठन गरिएको विदेशी श्रमिक एकीकृत सहयोग टास्कफोर्स (TF) ले करिब २० वटा सुधार तथा सहयोगसम्बन्धी प्रस्तावमाथि छलफल सम्पन्न गरेको श्रम तथा व्यवसायिक क्षेत्रका स्रोतहरूले बताएका छन्। गत वर्षको अन्त्यतिर गठन भएको २६ सदस्यीय उक्त टास्कफोर्समा श्रमिक प्रतिनिधि, रोजगारदाता, सरकारी अधिकारी तथा शैक्षिक क्षेत्रका विज्ञहरू सहभागी थिए।
टास्कफोर्सले मुख्यतः तीन विषयमा छलफल गरेको थियो:
- अवैधानिक विदेशी श्रमिकको वैधानिकीकरण
- रोजगार अनुमति प्रणाली (EPS...