कविता- सियो खोइ सियो ✍️भरत खत्री
तिमी सियो
अनि
धागो म,
बन्न पाए
जीवन यात्रा
तिमी संगै
अघि बढाउन पाए,
हार पनि
जित हुन्थ्यो,
जीत झन संगीत,
तिमी संगै
दुइचार कदम
अघि सर्न पाए,
के भन्छौं तिमी
कि,
आटिदिने हो
यो जोवन
एक अर्कालाई
साटिदिने हो,
पुरानै सैलिमा
नौ डाडा काटि दिने हो,
भन्छौं भने तिमी
तारा टिपेर दिन,
म…त्यो सक्दैन
तर
तिम्रो लागि
म,
तारा सम्म पुग्ने
यन्त्र बनाउन सक्छु,
तिमी मेरो
म तिम्रो
भनी,
जुनसुकै
मन्त्र जप्न सक्छु,
के भन्छौं तिमी
कि आटिदिने हो,
यो जीवन
हाम्रै नाममा साटिदिने हो,
पुरानै शैलीमा
पञ्चेबाजा बजाइ दिने हो,
पर्दैन रत्तिभर डराउन
नजिक हुनलाई
मुनामदन,
पक्कै फल्प खान्छ
हाम्रो प्रेमकथा अमर बन्नलाइ,
च्यालेङ्ज गरौं,
आउ…
रोमियो र जुलिटलाइ
मुना र मदनलाई
लैला र मजनुलाइ
खासगरी
तिम्रो र मेरो,
अलग
दुनियाँ हुनेछ
तिमी रानी
राजा म,
हाम्रो
भब्य दरबार हुनेछ
तिम्रा नसालु
आँखा,
तिम्रो ओठको मुस्कान
सल्लक परेको केश
उज्यालो अनुहार
मधुर स्वर
अनि
तिम्रो जीवनको बिशेष
यहाँ,
हिफाजत हुनेछ
भन्छौं के तिमी
कि,
आटिदिने हो,
अजम्बरी माया प्रेम
गासिदिने हो
नयाँ शैलीमा
नया जोडि बनी दिने हो
लेखक भरत खत्री हाल दक्षिण कोरियामा अध्ययन गर्दै बिगत लामो समय देखी बिभिन्न समसामयिक बिषयमा कलम चलाउदै आएका छन।