विशाल आवाज: दक्षिण कोरियाको तिन सहरमा मे ५ तारिखका दिन एकैपटक प्रदर्शन हुन लागेको उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय बहुप्रतिक्षित चलचित्र “मनसरा” को सम्पुर्ण तयारी पुरा भएको छ।
गत वर्षको बैशाखमा प्रदर्शन भएको फिल्म ‘जारी’बाट निर्देशनमा डेब्यू गरेका कवि उपेन्द्र सुब्बाको “मनसरा” कोरियामा किरात याक्थुङ चुम्लुङ कोरियाद्वारा ‘किरात सिरिजंगा लिपि युनिकोड निर्माण सहयोगार्थ’ केन्द्रले सउल सो ,बुसान साखा र छल्लादो शाखाले पनि यहि आइतबार मे ५ तारिखका दिन किम्हे बुसान र छन्जु सहरमा एकैसाथ प्रदर्शन गर्न लागेको हो भने तीन ओटै सो को लागि सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ।


उपेन्द्र सुब्बा स्वयंको लेखन रहेको फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् भने उनी नै छायाँकार हुन् । विष्ण कुमार लिम्बू, पर्शु अधिकारी, मनोरथ पोखरेल, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ फिल्मको सह-निर्मातामा छन् भने सिजन दाहाल कार्यकारी निर्माता हुन् । फिल्ममा शान्ति गिरी, लोकमणि सापकोटा, विद्या कार्की, लक्ष्मण विक्रम बस्नेत लगायतको पनि अभिनय रहेको छ ।
किरात याक्थुम चुम्लुङ दक्षिण कोरिया केन्द्र तथा ३ शाखाको संयुक्त र नेपाल आदिवासी जनजाति महासंघ द.कोरिया (जातीय संस्था) र पूर्वाञ्चल सरोकार समाज कोरिया क्षेत्रिय संस्थाको सहकार्यमा कोरियाको प्रदर्शन सर्वाधिकार लिएर अन्य शहरमा फिल्म बितरण गरिरहेको छ। पहिलो शो पछि कोरियाको अन्य दर्जन बढी शहरको शोको लागि बुकिङ धमाधम भइ रहेको कियाचु दक्षिण कोरियाका अध्यक्ष दिर्ज काङ्भा लिम्बूले बताउएका छन्।
उपेन्द्र सुब्बाको पहिलो फिल्म “जारी” ले नै बक्स अफिसमा ठूलो सफलता पाएको थियो।










