Advertisement
Advertisement

आजको राशिफल : २०८१ वैशाख १३ गते (बिहीवार)

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ। साँझतिर स्थितिमा सुधार आउनाले अधुरो काम बन्नेछ। शुभचिन्तकहरूको साथ जुट्नाले नयाँ काम पनि सुरु हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)सामाजिक दायित्व हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। स्वास्थ्य र सुमधुर सम्बन्धका लागि सजग रहनुहाेला।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)अरूको फाइदाका लागि उपयोग भइनेछ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। स्वास्थ्यबाधा हुनाले काममा लामो समय जुट्न नसकिएला। बुद्धिको उपयोगले मात्र लाभ दिलाउनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)शुभचिन्तकहरूले साथ दिनेछन्। काम पूर्ण नभए पनि मिहिनेतले लाभ दिलाउनेछ। प्रतीक्षा गरिएको उपलब्धि मध्याह्नपछि प्राप्त हुनेछ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। मनकाे डरले सताउन सक्छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। सावधान नहुँदा हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। साँझतिर वादविवादले समस्या निम्त्याउन सक्छ, सजग रहनुहोला।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)धनको उपयोगले फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुपर्नेछ। परिस्थितिवश आफन्तबाटै टाढिनुपर्ने अवस्था आउन सक्छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ।

तपाईको दिन शुभ रहोस् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×