मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)हर्ष र प्रसन्नताका बढ्नेछ । कूटनीतिक नियोगको र आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धार्मिक आस्था बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सानातिना समस्यामा अल्झिनुपर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ।रमाइलो भेटघाट हुनेछ।रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । अवसर आउनाले मन प्रसन्न रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)शुभारम्भको चर्चा चल्नेछ । अतिथिको सत्कार पाइएला । भौतिक साधन जुटाउने छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)धेरै समय पछि आफन्तसङ्ग भेटघाट हुनेछ । प्रेमीको सहयोग पाइनेछ । आँटेको कार्य पुरा होला । राजनीतिकमा सफलता मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)आज आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)आज पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ ।









