मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
दिन शुभ फलदायक छ । शारीरिक स्वस्थता, लाभ, सन्तोष, द्रव्य लाभ, उत्तम भोजन होला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समय शुभ छ । राज्यसुख, राजनीतिक सफलता, कार्य सिद्धि, शारीरिक स्वस्थता होला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
दिनको शुरुवातमा स्वास्थ्य समस्या देखिए पनि मध्याह्नपछि भने सुख–समृद्धि हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समय शुभ छ । समस्याको समाधान, मान–सम्मान होला तर मध्याह्नपछि भने कष्ट होला ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
दिन शुभ फलदायक छ । आर्थिक लाभ, सफलता, प्रतिस्पर्धामा विजय, प्रतिष्ठामा वृद्धि होला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
शुभ समयको आगमन भएकाले कार्य सिद्धि, सुख–सन्तोष, शत्रु विजय, पारिवारिक सुख हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
दिनको शुरुमा पेट गडबड, तनाव भए पनि दिउँसोबाट कार्य सफल, तनाव मुक्त होला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
धन–प्रतिष्ठा वृद्धि, सफलताको योग भए पनि दिउँसोबाट भने तनाव नहोला भन्न सकिन्न ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
दिन शुभ भएकाले आर्थिक लाभ, पराक्रम वृद्धि, उन्नति–प्रगतिको अवसर, प्रसन्नता होला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सानै प्रयासबाट पनि अन्नलाभ, उत्तम भोजन, आर्थिक लाभ, कार्य सफल हुने देखिन्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
शुरुमा खर्च, कार्य बाधा भए पनि मध्याह्नबाट सुख, उपहारादि वस्तु प्राप्ति हुने देखिन्छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मिष्ठान्न भोजन, द्रव्य लाभको सम्भावना छ तर दिउँसोदेखि भने स्वास्थ्य समस्या, खर्च होला ।
तपाईंको दिन शुभ रहोस्।









