मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
पति पत्नी मा प्रेममय वातावरण बन्ने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,धन खर्च बड्ने छ,धन को कारोवार मा बिचार पुर्याउनु पर्ने छ।
बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
यात्रा को सम्भावना रहेको छ,हर कार्यमा सावधानी अपनाउनु पर्ने छ,कठिन कार्यहरुलाइ सम्पादन गर्नु पर्ने समय छ।
मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
खर्च बृद्धिहुने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,मित्रहरुसङ्ग मनोरञ्जन मा समय ब्यतित हुने छ,सोचेका कार्यहरु सफल बन्ने छन।
कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
व्यापार ब्यवसाय बाट लाभ मिल्ने छ,फसेको धन प्राप्त हुने समय छ,परिवारजन मा खुसी को महोल बन्ने छ।
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
सोचेका कार्यहरुबाट लाभ मिल्ने छ,आकस्मिक धन लाभ हुने समय छ,धार्मिक ब्यक्तिहरुबाट सहयोग मिल्ने छ।
कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो)
कठिन मेहनत का वावजुद पनि सफलता नमिल्नाले खिन्नता बड्ने छ,बोलिको कारण आफन्त टाढिन सक्ने समय छ,स्वास्थ्य प्रतिकुल रहने छ ।
तुला(रा,रि,रु,रे,रो,ता,ती,तु,ते)
यात्राको योग रहेको छ,पारिवारिक भेटघाट मा समय ब्यतित हुने छ,शैक्षिक क्षेत्रबाट सफलता मिल्ने छ,धन भने खर्च हुने छ।
बृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यी,यु)
बोली प्रभाव कारी रहने छ,मित्रता को बन्धन प्रगाढ रहने छ,नसोचेको धन लाभ हुने छ,बैदेशिक क्षेत्रबाट लाभ मिल्ने छ।
धनु(ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आवेग मा आयेर कुनैपनी कार्य नगर्नु नि उत्तम हुने छ, क्रोधलाइ सम्यम गर्नु पर्ने छ,सहकार्यबाट लाभ मिल्ने छ।
मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आर्थिक उन्नतिको समय रहेको छ,समाज मा प्रतिष्ठा उच्च रहने छ,सामाजिक कार्यको अवसर मिल्ने छ।
कुम्भ(गु,गे,गो,सा,सि,सु,से,सो,द)
ब्यवसाय मा उन्नती गर्ने समय छ,काम गर्ने उत्साह बृद्धिहुने छ,सकारात्मक उर्जा ले मनोवल उच्च रहने छ,कार्यमा सफलता मिल्ने छ।
मीन(दि,दु,थ,झ,ञ,दे,दो,च,चि)
मध्यम समय रहेको छ,पेट मा समस्या देखिन सक्छ,खान पान मा ध्यान दिनु पर्ने छ,आर्थिक अवस्था सहज बन्ने छ।
तपाईंको दिन शुभ रहोस्।









