विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपालीहरूको मन जित्न सफल सेन्ट-वी रेमिट्यान्सबाट कुमारी बैंकको सम्पूर्ण सेवाहरू पाउने भएको छ।
सेन्ट-वी रेमिट्यान्सबाट नेपालमा सुरक्षित साथ रकम भुक्तानी गर्न मात्र नभई अब कुमारी बैंकको सम्पूर्ण सेवाहरू समेत पाउने भएको छ। कोरियाबाट नेपाल पैसा पठाउने प्रक्रिया झन् सहज बनाउन सेन्ट-वी र कुमारी बैंक लिमिटेडको सहकार्यमा सेन्ट-वीमा कुमारी बैंकको सम्पूर्ण सेवाहरू सुचारु भएको हो। दक्षिण कोरियाका लागि सुग्रिव खड्का आधिकारिक प्रतिनिधि रहेको कुमारी बैंकको (रेमिट खाता, बचत खाता) खाता खोल्न र कुमारी बैंक सम्बन्धी समस्याहरू समाधान गर्न सकिनेछ। यसैगरी कुमारी क्यापिटल अन्तर्गतका सम्पूर्ण सेवाहरू डिम्याट,मेरो सेयर र कुमारी सेकुरिटीज लिमिटेड (KBL ,securities broker number 94) को सम्पूर्ण सेवाहरू ब्रोकर खोल्न सकिनेछ।
कोरियामा विभिन्न रेमिट्यान्स कम्पनीहरूको नाममा ठगीधन्दा भइरहँदा सेन्ट-बी रेमिट्यान्सको भने सेक्युरिटी सिस्टम एकदमै हाई भएको कारण र कुनै पनि नयाँ अकाउन्टमा पहिलोपटक रकम पठाउँदा रेमिट्यान्स बाट डाइरेक्ट कल गरेर डबल भेरिफाई गर्ने हुँदा सेन्ट बी रेमिटेन्स मार्फत भने यस्तो ठगीका घटनाहरु हुने चान्स नहुने सेन्ट-बी रेमिट्यान्सका लागि नेपाली म्यानेजर युविन श्रेष्ठ बताउँछन्।









