मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ भने कार्यक्षेत्रमा तपाईको कामको उच्च मुल्याङन हुँनेछ । बिद्यार्थि वर्गहरुले थोरै मेहनेत गर्दा पनि उत्कृष्ट नतिजा हात पार्नेछन् । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अरुको मन लोभ्याउँन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले खुसि रहनेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
काम गर्न गाह्रो महशुष हुँनेछ भने उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । बिदेशी उत्पादन सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ । अरूको विश्वास गर्ने बानीले समस्या निम्त्याउला।
सिहं (मा,मी,मू ,मे,मो,टा,टी,टू,टे)
निर्णयहरु तपाईकै पक्षमा आउँने तथा बिवादित बिषयहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । पराक्रम बढेर जानेहुँनाले शाहशिलो काम गर्ने जोस आउँनेछ । माया प्रेममा रमाउँन चाहनेहका लागि यात्राको अवसर जुर्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
अरुले आलोचना गर्न सक्छन् । हतार गर्ने बानिले अनाबस्यक बिवादमा फस्ने योग रहेको छ । काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुँनेछन् । आकर्षक उपहारले उत्साह जगाउनेछ। साँझतिर फजुल खर्च बढ्नेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
केहि दिनका लागि नयाँ योजना थाति राख्नुहोला समय मध्यम रहेकोछ । आसा देखाउनेहरुलेनै धोका दिनेछन् । धर्म सस्कृति तथा रितिरिवाज जोगाउन समय खर्चिदा राम्रो रहेकोछ । पढाई लेखाईमा पछि परिने चिन्ताले सताउनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आफ्नै कारणले पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ । घर परिवार तथा आफन्तबिच घरायसि कुरामा बिवाद निम्तिन सक्छ ध्यान दिनुहोला । कुनै योजना भए केहि समय थाति राख्दा राम्रो हुँनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । बिभिन्न अवसरहरुले पछ्याउँनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि दिन राम्रो रहेकोछ । साथिभाई मनमुटाव बढ्नेछ । भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आफन्तबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले खुसिले उचाई नाघ्नेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला। साँझतिर अरूकाे जिम्मेवारीसमेत वहन गर्नुपर्ला।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ । पेसा–व्यवसायमा पनि कामको चाप बढ्नेछ।
मीन (दी,दु,थ,झ,ञ,दे,दो,चा,ची)
काममा अलि बढिनै समय दिदा सकारात्मक नतिजा निकाल्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । प्रेम प्रशङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुँन सक्छ ।
तपाईको दिन शुभ रहोस् ।