बोम्जन गुरुङ:कोरियाको दक्षिणी भेगमा रहेको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा, तमू धी बुसान एफसीको आयोजनामा पुरुष तथा महिला फूटसल लिग प्रतियोगिता २०२४ सम्पन्न भएको खेलमा पुरुषतर्फ नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान एफसीले शानदार जीत निकाल्दै उपाधी चुमेको छ । यही १७ नोभेम्बरमा (밀양시 사문동 670 풋살장) स्थित खेलमैदानमा सम्पन्न प्रतियोगितामा नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान एफसीले ३२ टीमलाई पछि पार्दै उक्त प्रतियोगिताको ३० लाख कोरियन वोन सहित उक्त उपाधी चुमेको हो ।
फाइनल खेलमा हिमालयन एफसी सछाङ्ग उल्सानलाई पाखा लगाउँदै शानदार जित निकालेको नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान एफसी प्रथम र द्वित्तीय हिमालयन एफसी सछाङ्ग उल्सानले क्रमशः ३० लाख र २० लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । खेल अवधिभरको उत्कृष्ट खेलाडी किरण जबेगु (नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान एफसी), उ...
३ मंसिर २०८१, सोमबार ०२:१३३ मंसिर २०८१, सोमबार ०२:१३३ मंसिर २०८१, सोमबार ०२:१३ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
क्षमता प्रयोग गरि अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । प्रेममा रमाउन चाहनेहरुले एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । साझबाट समय राम्रो रहेकोले दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ई...
२ मंसिर २०८१, आईतवार ११:४४२ मंसिर २०८१, आईतवार ११:४४२ मंसिर २०८१, आईतवार ११:४४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:नेपाली सम्पर्क समिति(एनसीसी) गणतन्त्र कोरियाले दोङ्देमुनमा एक कार्यक्रम गरी सलनालको अवसरमा हुने कार्यक्रम हरुको सहजीकरण गर्ने कार्य सम्पन्न गरेको छ।
नेपाली सम्पर्क समिति दक्षिण कोरियाले आइतबारका दिन दोङ्देमुन स्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभा हलमा कार्यक्रम गरी कोरियाको महान चाड सलनालको अवसरमा गरिने कार्यक्रम हरुको सहजीकरण गरेको हो। लोचन राइको संयोजकत्वमा ११ सदस्यिय सहजीकरण समिति निर्माण गरी प्रदेश वाट आन्तरिक बाडफाड भएर आएका सलनालको अवसरमा गरिने बृहत सांस्कृतिक कार्यक्रमको सहजीकरण सम्पन्न गरिएको हो।
नेपाली सम्पर्क समितिलाइ कार्यक्रम सहजीकरणका लागि गण्डकी प्रदेश समाज अन्तर्गत कास्की परिवार दक्षिण कोरियाले २०२५ जनवरी २८ तारिखका दिन र पूर्वी नेपाल समाज अन्तर्गत खोटाङ सेवा समाज दक्षिण कोरियाले २०२५ जनवरी २९ तारिखका दिन बृहत सांस्कृतिक कार्यक्रम गर्न निवेदन ग...
२ मंसिर २०८१, आईतवार ०१:५१२ मंसिर २०८१, आईतवार ०१:५१२ मंसिर २०८१, आईतवार ०१:५१ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा राम्रो प्रगति हुनेछ। आय बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नत...
१ मंसिर २०८१, शनिबार १२:५५१ मंसिर २०८१, शनिबार १२:५५१ मंसिर २०८१, शनिबार १२:५५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:दक्षिण कोरियामा सक्रिय जातीय संस्था नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको भोलि आइतबारका दिन दोङ्देमुनमा हुने वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको छ।
"तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको प्रवर्द्धन गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले नोभेम्बर १७ तारिख आइतबारका दिन बिहान ठिक ११ बजे दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा आफ्नो वार्षिक साधारण सभा आयोजना गर्नेभएको हो। नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाको सहकार्यमा सामाजिक कार्यहरूमा हातेमालो गर्दै आइरहेको छ। यसका साथसाथै संस्थाले कोरियामा तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गर्दै आफ्नो पहिचान र अस्तित्वको लागि एक हुँदै आइरहेको छ।
नोभेम्बर १७ तारिख आइतबारका ...
१ मंसिर २०८१, शनिबार ०१:३६१ मंसिर २०८१, शनिबार ०१:३६१ मंसिर २०८१, शनिबार ०१:३६ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सवारी साधन तथा भौतिक सम्पती हात लागी हुनेछ भने विलासी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुदा मन प्रसन्न रहनेछ । नोकरी पाउँने तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् ।गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । नीत...
३० कार्तिक २०८१, शुक्रबार १२:१६३० कार्तिक २०८१, शुक्रबार १२:१६३० कार्तिक २०८१, शुक्रबार १२:१६ by एलिनाNo Comments
विशाल आवाज: नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको छनान (천안) मा पनि नोवेम्बर १७ तारिख आइतबारका प्रदर्शन हुने भएको छ।
नेपालमा २५ करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको दक्षिण कोरियाको छनान (천안) मा पनि १२ गाउँ distributor Group ले प्रदर्शन गर्न लागेको हो। 충남 천안시 서북구 축구센터로 150 फिल्म हल 천안역 नजिक नोवेम्बर १७ तारिख आइतबारका दिन दिउँसो १:०० बजे प्रदर्शन हुनेछ । यसैगरी चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप २०००० वन दिनुपर्ने आयोजकले जनाएको छ।
नोवेम्बर १७ तारिक प्रदर्शन गर्न लागेको चलचित्र ‘१२ गाउँ’ हेरेर मनोरञ्जन लिनुहुनका लागि कोरिया बासि सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा आयोजकले हार्दिक अनुरोध समेत गरेको छ।
विराज र समीर पहिलो पटक एकसाथ देखिएकाले फिल्ममा पूर्व ‘म...
३० कार्तिक २०८१, शुक्रबार ०२:४३३० कार्तिक २०८१, शुक्रबार ०२:४३३० कार्तिक २०८१, शुक्रबार ०२:४३ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । नयाँ योजना प्रारम्भ गर्न सकिनेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पारिवारिक सहयोग प्राप्त हुनेछ । सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
र...
२९ कार्तिक २०८१, बिहीबार ०१:४४२९ कार्तिक २०८१, बिहीबार ०१:४४२९ कार्तिक २०८१, बिहीबार ०१:४४ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। मध्याह्नपछि स्थितिमा सुधार आउनेछ भने सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। मध्याह्नपछि स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
विशेष भेटघाटले काममा उत्साह बढाउला। सामाजिक दायित्व हातलागी हुनेछ। मध्याह्नपछि श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ।
कर्कट (ही,हू,हे,ह...
२८ कार्तिक २०८१, बुधबार १४:२६२८ कार्तिक २०८१, बुधबार १४:२६२८ कार्तिक २०८१, बुधबार १४:२६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: यही कात्तिक ३० गतेबाट विश्वभर प्रदर्शनमा आउन लागेको नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’दक्षिण कोरियामा पनि प्रदर्शन हुने पक्का भएको छ।
नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ नै उतारिएको फिल्म ‘ह्रस्व दीर्घ’ निता फिल्म प्रोडक्सन प्राइभेट लिमिटेडसँग उल्सान ब्रदर ग्रुपले दक्षिण कोरियाका लागि प्रदर्शन अधिकार सम्झौता गरेसँगै कोरियामा पनि ‘ह्रस्व दीर्घ’ प्रदर्शन हुने पक्का भएको हो। पहिलोपटक नेपाली फिल्ममा दुई देशका कलाकारको यो किसिमको गठजोड भएको चलचित्र दक्षिण कोरियाको प्रदर्शन अधिकार प्राप्त गरेसँगै उल्सान ब्रदर ग्रुपका कृष्ण महर्जनले दक्षिण कोरियाको लागि बुकिङ खुल्ला भएको जनाउदै विभिन्न सहरहरूमा प्रदर्शन गर्न इच्छुक संघसंस्था लगायत व्यक्तिहरूलाइ सम्पर्क गर्न समेत आग्रह गरेका छन्।
‘स्टारकास्ट’कै कारण ठूलो ‘हाइप’ दिलाउन सफल फिल्म ‘ह्रस्व दीर्घ’ द...