Advertisement
Advertisement

समाचार

किम्हेमा GKS Korea को आयोजनामा प्रथम बुद्धिचाल प्रतियोगिता हुँदै, विजेताले १० लाख सहित ट्रफी पाउने

किम्हेमा GKS Korea को आयोजनामा प्रथम बुद्धिचाल प्रतियोगिता हुँदै, विजेताले १० लाख सहित ट्रफी पाउने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज: कोरियामा रहेका नेपाली युवाहरूका लागि अब खेल र मनोरञ्जन मात्रै होइन, दिमागी कसरत गर्ने अवसर पनि आउने भएको छ। GKS Korea ले आगामी अगस्ट ३१ का दिन किम्हेमा प्रथम बुद्धिचाल (Chess) प्रतियोगिता गर्ने भएको छ।  “प्रवासमा नेपाली भाईचारा र बौद्धिक विकासमा पहल” भन्ने नारासहित अगस्ट ३१ का दिन 𝗚𝗞𝗦 𝗞𝗢𝗥𝗘𝗔 को आफ्नै सभाहलमा आयोजना गरिन लागेको यो प्रतियोगिता, नेपाली समुदायबीच बौद्धिक चेतना, मानसिक सन्तुलन र सकारात्मक सोच फैलाउने उद्देश्यले ल्याइएको आयोजकले बताएका छन्।  हाल कोरियामा बसोबास गरिरहेका नेपालीहरूबीच मानसिक तनावका कारण केही दुर्घटनात्मक घटनाहरू बढेको सन्दर्भमा, GKS ले फरक सोचसहित बौद्धिक खेलको माध्यमबाट समाधान खोज्ने प्रयास थालेको हो। पछिल्लो समय कोरियामा नेपालीहरूबीच मानसिक तनावका कारण बढिरहेका अप्रिय घटनाहरूप्रति गहिरो चिन्ता राख्दै, GKS ले यसपटक खेलभन्दा फरक तर गहिरो अर्थ बोके...
२० औ वार्षिकोत्सवको अवसरमा राप्ती समाज कोरियाको “राप्ती स्मारिका–२०८२” को भव्य विमोचन कार्यक्रम अगष्ट १० मा हुने

२० औ वार्षिकोत्सवको अवसरमा राप्ती समाज कोरियाको “राप्ती स्मारिका–२०८२” को भव्य विमोचन कार्यक्रम अगष्ट १० मा हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
राप्ती क्षेत्रका नेपालीहरूद्वारा स्थापित राप्ती समाज दक्षिण कोरिया ले आफ्नो स्थापनाको २० औं वार्षिकोत्सवको अवसर पारेर यही अगष्ट १० तारिख सौलमा “राप्ती स्मारिका–२०८२” विमोचन कार्यक्रमको आयोजना गर्ने भएको छ। सउलस्थित दोङ्देमुनको नेपाल थाई रेष्टुरेन्ट को सभा हलमा दिउँसो १२ बजेबाट सुरु हुने उक्त कार्यक्रम दक्षिण कोरियामा रहनु भएका नेपाली समुदायका लागि विशेष अवसरका रूपमा हेरिएको छ। संस्थाका अध्यक्ष अमृत केसी का अनुसार, प्रवासमा रहँदा पनि आफ्नो जरा र इतिहासप्रति गर्व गर्न सकियोस् भन्ने उद्देश्यले स्मारिका प्रकाशन गरिएको बताएका छन। संस्थाको विकासक्रम, गतिविधिहरू, र राप्ती क्षेत्रको गौरवमय विरासतलाई दस्तावेजिकरण गर्ने प्रयास स्वरूप स्मारिका तयार पारिएको उनले जानकारी दिए। स्मारिकामा प्रवासमा रहेका नेपालीहरूको योगदान, संस्थाको गतिविधि, राप्ती क्षेत्रको ऐतिहासिक र सांस्कृतिक पक्षहरू तथा विभिन्न सन...
प्रवासी नेपालीका लागि नयाँ दिशा:बीपिन गुरुङ नेतृत्वको NRNA कोरियाको ‘८ प्रतिवद्धता’ सार्वजनिक

प्रवासी नेपालीका लागि नयाँ दिशा:बीपिन गुरुङ नेतृत्वको NRNA कोरियाको ‘८ प्रतिवद्धता’ सार्वजनिक

Breaking News, जानकारी, भर्खरै, समाचार
सउल, दक्षिण कोरिया — बीपिन गुरुङ नेतृत्वको गैर-आवासीय नेपाली संघ (NRNA-NCC) दक्षिण कोरियाले कोरियामा रहेका नेपाली श्रमिक, विद्यार्थी, उद्यमी र समग्र समुदायको हक, अधिकार र समृद्धिको पक्षमा केन्द्रित ‘८ बुँदे कार्ययोजना’ सार्वजनिक गरेका छन्। सामाजिक न्याय, सांस्कृतिक समृद्धि, लगानी प्रवर्द्धन र दीर्घकालीन सुरक्षालाई समेट्दै उनले सार्वजनिक गरेका कार्यक्रमहरू प्रवासी जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ। 🔷 मुख्य प्रतिबद्धताहरू यसप्रकार छन्: १. श्रमिक–विद्यार्थी हेल्प डेस्क स्थापना समस्या परेकालाई समन्वय, कानुनी सहयोग र सामाजिक परामर्श दिने ‘हेल्प डेस्क’ मार्फत पीडितको आवाज सम्बोधन गरिनेछ। २. NRNA कप खेलकुद प्रतियोगिता नेतृत्व विकास, सहकार्य र स्वास्थ्य सुदृढीकरणका लागि फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन लगायत खेल प्रतियोगिता आयोजना गरिनेछ। ३. हाइड्रोपावर लगानी सम्मे...
कोरियाको भलिबलमा ३६ टिमको कीर्तिमानी सहभागि गराइ इतिहास रच्दै सम्पन्न भयो पाँचौं स्याङ्जा कप २०२५, सुदूरपश्चिम पहिलो

कोरियाको भलिबलमा ३६ टिमको कीर्तिमानी सहभागि गराइ इतिहास रच्दै सम्पन्न भयो पाँचौं स्याङ्जा कप २०२५, सुदूरपश्चिम पहिलो

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज:स्याङ्जा परिवार दक्षिण कोरियाले आयोजना गरेको पाँचौं स्याङ्जा कप २०२५ भलिबल प्रतियोगिता आइतबारका दिन सुवन स्थित आजु युनिभर्सिटीको सुविधा सम्पन्न हलमा भव्य रूपमा सम्पन्न भयो। “स्वास्थ्य, एकता, सद्भाव र गतिशीलताका लागि हाम्रो अभियान — खेल, संस्कृति र सुशासन हाम्रो पहिचान” भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिताले परदेशी भूमिमा एकता, सहयोग र सद्भावको अद्वितीय उदाहरण प्रस्तुत गरेको छ । कोरियाको नेपाली भलिबलको ३० बर्षे लामो इतिहासमै पहिलोपटक ३६ टिमको कीर्तिमानी सहभागिता रहेको यस वर्षको स्याङ्जा कप विशेष बन्यो। बिहान ७ बजे शुरू भएर समयमै सम्पन्न कार्यक्रम, र खेलाडी, दर्शक, रेफ्री, आयोजकदेखि प्रायोजकसम्म सबैको जबरजस्त उपस्थितिले प्रतियोगितालाई साँच्चिकै ‘भलिबलको महाकुम्भ’ बनाएको थियो। तीव्र प्रतिस्पर्धाबीच सुदूरपश्चिम समाज दक्षिण कोरियाले उपाधि उचाल्दै पहिलो स्थान हात पार्दा, ...
३१औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव २०२५ दक्षिण कोरियामा भव्य रूपमा मनाइने

३१औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव २०२५ दक्षिण कोरियामा भव्य रूपमा मनाइने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा सक्रिय सस्था नेपाली आदिवासी जनजाति महासंघको आयोजनामा यही अगष्ट १० तारिक सौलमा ३१औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव २०२५ भव्य रूपमा विविध कार्यक्रमसहित मनाइने भएको छ। नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको नेतृत्वमा १२ वटा जातीय संगठन, फोनिज कोरिया र दुई वटा साहित्यिक संस्थाको संयुक्त आयोजनामा यहि २०८२ साउन २६ गते (अगष्ट १०, २०२५), आइतवार विहान ११ बजेदेखि सउलको दोम्योअप स्टेशन (लाइन नं. १), गेट नं. ३ नजिकैको कार्यक्रमस्थलमा आयोजना गरिने भएको हो।  ‘‘प्राकृतिक श्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर !युनिस्को र आइएलओ १६९ सम्बन्धी सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर ! भन्ने मूल सन्देश बोकेको यो महोत्सव प्रवासमा बसेका नेपालीहरूलाई आफ्नो संस्कृति, पहिचान र मौलिकतासँग जोड्ने प्रयास हो। यस्तै, युनिस्को र आइएलओ १६९ अन्तर्गत सर्...
मिर्याङ नेपाली समाजद्वारा आठौं जेजु भ्रमण कार्यक्रम घोषणा

मिर्याङ नेपाली समाजद्वारा आठौं जेजु भ्रमण कार्यक्रम घोषणा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
मिर्याङ नेपाली समाजद्वारा आठौं जेजु भ्रमण कार्यक्रम घोषणा दक्षिण कोरियामा कार्यरत नेपाली समुदायबीच आपसी मेलमिलाप, सामाजिक एकता तथा रमाइलो यात्राको अनुभव सँगाल्ने उद्देश्यका साथ मिर्याङ नेपाली समाजले यो वर्ष पनि अक्टोबर ५-७ मा आठौं जेजु भ्रमण कार्यक्रम’ घोषणा गरेको छ। “ग्रामिण शिक्षामा सहयोगार्थ” भन्ने मुल नारासहित आयोजना हुन लागेको यस भ्रमण कार्यक्रम कोरियाली चाड छुसकको अवसरमा **अक्टोबर ५ देखि ७ (३ दिने)**सम्म रहने आयोजकले जनाएको छ ।    सन् २०१६ बाट सुरु गरिएको यो कार्यक्रमले कोरियाभर छरिएर रहेका नेपालीहरूलाई एकै ठाउँमा ल्याउने, भाइचारा सुदृढ गर्ने, र सामाजिक सेवामा टेवा पुर्याउने लक्ष्य राख्दै आएको छ। कोरोना महामारीका कारण २०२१ र २०२२ मा स्थगित गरिएको भए पनि अन्य सबै वर्षहरूमा यो यात्रा निरन्तर आयोजना हुँदै आएको छ। मिर्याङ नेपाली समाजका अनुसार, यस वर्षको भ्रमण कार्यक्रम विगतको...
दक्षिण कोरियामा काम गर्ने क्रममा लमजुङका तामाङको ज्यान गयो

दक्षिण कोरियामा काम गर्ने क्रममा लमजुङका तामाङको ज्यान गयो

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
ह्वासङ्ग, दक्षिण कोरिया :दक्षिण कोरियाको ख्याङ्ग्गिदो प्रान्तको ह्वासङ्गमा रहेको एक प्लास्टिक उत्पादन कम्पनीमा कार्यरत नेपाली एक तामाङको मेसिनमा च्यापिएर ज्यान गएको दुःखद घटना सार्वजनिक भएको छ। तामाङ लमजुङ जिल्लाका स्थायी बासिन्दा थिए र रोजगारीको सिलसिलामा दक्षिण कोरियामा कार्यरत थिए। प्रत्यक्षदर्शीका अनुसार, तामाङ कम्पनीमा नियमित सिफ्टमा कार्यरत रहँदा मेशिन चलाउने क्रममा आकस्मिक रुपमा मेसिनमा च्यापिएर गम्भीर घाइते भएका थिए। उद्धार टोलीले तत्काल उद्धार प्रयास गरे तापनि घटनास्थलमै उनको मृत्यु भएको पुष्टि भएको हो। यो घटनाले कोरियामा कार्यरत नेपाली श्रमिकहरूको श्रम सुरक्षा र सचेतनाको अवस्था प्रति गम्भीर प्रश्न उठाएको छ। उद्योगहरूमा आवश्यक सुरक्षा उपकरण, प्राविधिक प्रशिक्षण र निगरानीको अभावले यस्ता दुर्घटना भइरहेका छन् भन्ने श्रमिकहरूको गुनासो छ। गैरआवासीय नेपाली समाज (NRNA) कोरिया...
ईपीएस भाषा परीक्षाका लागि साउन २६ गतेदेखि आवेदन दिन सकिने

ईपीएस भाषा परीक्षाका लागि साउन २६ गतेदेखि आवेदन दिन सकिने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
यही साउन २६ गतेदेखि ईपीएस भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ। दक्षिण कोरियाको मानव संसाधन विकास सेवाले आज वेबसाइटमार्फत उक्त जानकारी दिएको हो। साउन २६ गतेदेखि साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ। कुन कुन क्षेत्रमा खुल्ने र कोटा कति हुने भन्ने जानकारी आइसकेको छैन। यसबारे ईपीएस कोरिया शाखाले सूचना प्रकाशन गर्न बाँकी छ।   दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो। त्यसअन्तर्गत सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो।...
बहुसांस्कृतिक आप्रवासी सहयोग केन्द्र र मङ्गेना इन्टरटेनमेन्टबीच समझदारीपत्र (MOU) मा हस्ताक्षर

बहुसांस्कृतिक आप्रवासी सहयोग केन्द्र र मङ्गेना इन्टरटेनमेन्टबीच समझदारीपत्र (MOU) मा हस्ताक्षर

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बहुसांस्कृतिक आप्रवासी सहयोग केन्द्र र मङ्गेना इन्टरटेनमेन्टबीच समझदारीपत्र (MOU) मा हस्ताक्षर कोरियामा रहेको नेपाली समुदाय र बहुसांस्कृतिक परिवारहरूबीच सांस्कृतिक सद्भाव, आदानप्रदान र सहअस्तित्वलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ, बहुसांस्कृतिक आप्रवासी सहयोग केन्द्र (센터장 박상수) र मङ्गेना इन्टरटेनमेन्ट बीच ऐतिहासिक कार्यसम्झौता (MOU) मा हस्ताक्षर सम्पन्न भएको छ। सम्झौताअनुसार दुवै पक्षले संयुक्त रूपमा ‘नेपाली सामुदायिक सद्भाव सांस्कृतिक महोत्सव’ आयोजना गर्ने र महोत्सवलाई दीगो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। यो सम्झौताले महोत्सवको योजना, तयारी र कार्यान्वयनको लागि एक सहयोगी प्रणाली स्थापना गर्ने लक्ष्य राखेको छ, पारस्परिक सहयोग र बलियो सञ्जालहरूमा निर्माण गर्दै दुई संस्थाहरूले महोत्सव सामग्री विकास, बजेट तयारी, सामुदायिक संलग्नता, र दिगो सञ्चालन प्रणाली स्थापनामा सहकार्य...
‘ नेपाल फर्केका नवप्रवर्तकहरू’ कार्यक्रम सम्पन्न

‘ नेपाल फर्केका नवप्रवर्तकहरू’ कार्यक्रम सम्पन्न

जानकारी, भर्खरै, समाचार
कोरियाबाट फर्किएका नेपाली श्रमिकहरूको सीप, अनुभव र सोचलाई उद्यममा बदल्ने उद्देश्यले सउलमा आयोजित ‘नेपाल फर्केका नवप्रवर्तकहरू (Returnee Innovators for Nepal - RIN)’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। दक्षिण कोरियाको विकास सहयोग संस्था KOICA को आर्थिक सहयोगमा सञ्चालित यो कार्यक्रम K-HaMi (Korea–Happy Migration) परियोजनाको एक महत्वपूर्ण अङ्ग हो। यसलाई KOICA र नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहकार्यमा संयुक्त रूपमा कार्यान्वयन गरिएको हो। कार्यक्रमको मूल उद्देश्य भनेको दक्षिण कोरियाबाट नेपाल फर्किसकेका श्रमिकहरूलाई उद्यमशीलता, व्यवसायिक सीप र दीगो पुनःस्थापनातर्फ प्रेरित गर्नु हो। यसै सन्दर्भमा, RIN दोस्रो ब्याचमा सहभागी १० जना नेपाली श्रमिकहरूले आफ्ना व्यवसायिक योजना र सीपको जीवन्त प्रस्तुति दिएका थिए। कार्यक्रममा कोरियास्थित नेपाली राजदूतावासकी महामहिम ड...