Advertisement
Advertisement

समाचार

दक्षिण कोरियामा आज राष्ट्रपति चुनाव : देशभर उच्च सुरक्षा, मतदान बिहान ६ बजेदेखि सुरू

दक्षिण कोरियामा आज राष्ट्रपति चुनाव : देशभर उच्च सुरक्षा, मतदान बिहान ६ बजेदेखि सुरू

Breaking News, जानकारी, भर्खरै, समाचार
ओमलाल ओली:दक्षिण कोरियामा आज राष्ट्रपतीय चुनाव शान्तिपूर्ण रूपमा सुरु भएको छ। बिहान ६:०० बजेदेखि नै देशभरका मतदान केन्द्रहरूमा मतदान प्रक्रिया अघि बढाइएको छ। यो चुनाव पूर्व राष्ट्रपति युन सुक-योलको पदच्युतिपछि नयाँ राष्ट्रपतिको चयनका लागि आयोजना गरिएको हो। निर्वाचन आयोगका अनुसार आजको मतदान साँझ ८:०० बजेसम्म जारी रहनेछ। देशभरका हजारौं मतदान केन्द्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ, र मतदाता परिचयपत्र (जस्तै 주민등록증, 운전면허증, वा पासपोर्ट) सहित आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित हुनुपर्नेछ। निर्वाचन आयोगले अनुमान गरेको छ कि आज राति वा भोलि बिहानसम्म प्रारम्भिक नतिजा सार्वजनिक गरिनेछ। यद्यपि, यदि उम्मेदवारहरूबीचको प्रतिस्पर्धा निकै कडा देखिएमा अन्तिम नतिजा आउन केही समय लाग्न सक्ने बताइएको छ। देशका प्रमुख उम्मेदवारहरूले अन्तिम दिनसम्म जनमत प्रभावित पार्न प्रयास गरेकाले आम जनमानसमा उत्साह ब...
नेपाली शैलीको माने स्थापनार्थ मोक्पोमा जुन १ मा प्रदर्शन हुँदै ‘ऊनको स्वीटर’

नेपाली शैलीको माने स्थापनार्थ मोक्पोमा जुन १ मा प्रदर्शन हुँदै ‘ऊनको स्वीटर’

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: घरेलु बक्स अफिसमा सुखद् व्यापार गरिरहेको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ दक्षिण कोरियाको प्रख्यात सहर मोक्पोमा पनि  “बुद्ध वाज बर्न इन नेपाल” प्रचारप्रसार कार्यक्रम सहयोगार्थ यही जुन १ तारिखका दिन प्रदर्शन हुने भएको छ। दक्षिण कोरियाको विभिन्न सहरमा हासफुलका साथ प्रदर्शन भइसकेको ‘ऊनको स्वीटर’ “बुद्ध वाज बर्न इन नेपाल” प्रचारप्रसार कार्यक्रम सहयोगार्थ मोक्पोमा रहेका तिन संस्था मोक्पो साम्हो साझा चौतारी, कियाचु छल्लादो साखा, छल्लादो मगर संघ दक्षिण कोरियाले संयुक्त रूपमा   यही जुन १ तारिख आइतबारका दिन दिउँसो १ बजे  मोक्पोको 전남 영암군 삼호읍 신항로 63-12 (हान्माउन 3 층, हुन्दाइ साम्हो) को  हलमा प्रदर्शन गर्ने भएको छ। चलचित्र प्रदर्शनबाट उठेको रकम  “बुद्ध वाज बर्न इन नेपाल” प्रचारप्रसार स्वरूप मोक्पो नजिकै रहेको छुक्सङ आम गुम्बामा नेपाली शैलीको माने स्थापना गरिने मगर संघ मोक्पो शाख...
दक्षिण कोरियाको अस्पतालमा भविष्य सगँ लड्दै नेपाली विध्यार्थी कोसिस पुन मगर

दक्षिण कोरियाको अस्पतालमा भविष्य सगँ लड्दै नेपाली विध्यार्थी कोसिस पुन मगर

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
विल्सन अधिकारी, दक्षिण कोरिया गत सेप्टेम्बर महिनामा सुनौनो भविष्यको खोजी गर्न निशिखोला गाउँपालिका , बुर्तिबाङ , बाग्लुङका २१ वर्षिय कोशिस पुन मगर विध्यार्थी भिषामा दक्षिण कोरिया आएका थिए तर उनि अहिले अस्पतालको शैयामा सपना र भविष्यको अन्योलतामा विगत १ महिना देखी उपचारत छन् | कोरिया आएको ३ महिनामा नहि कोसिसको दाहिने हात केही असहजिलो बन्दै गयो केही समय त कोसिसले यसलाई समान्य नहि लिएका थिए | तर विस्तारै हात साथै शरिर पनि सुक्दै गए पछि अलिक आतिएका कोशिस साथीहरूको सल्लाह लिएर युनिभर्षिटीको सहयोगमा अस्पताल त भर्ना भए | तर अस्पतालको प्रथामिक रिपोर्टमा यो २०-२१ वर्षको कलिलो उमेरमा टि•बी रोग देखा पर्यो साथै चिकित्सकको सल्लाह बमोजिम उनको हातको शल्यक्रिया पनि भयो | यस बथत सम्म कोशिस उनका साथीभाई तथा नजिकका व्यक्तीहरूको सहयोगमा उपचार गरि रहेका थिए | अब त स्वाथ्य हुन्छु होला केहि समयको अस्पताल ...
जुन १ मा बुसानमा उभौली साकेला मनाइदै

जुन १ मा बुसानमा उभौली साकेला मनाइदै

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: किरात राई यायोक्खा बुसान दक्षिण कोरियाले  सधैँ झैँ यो बर्ष पनि यलेदोङ ५०८५ अर्थात् उभौँली साकेलाको आयोजना गर्ने भएको छ। बिगत बर्षहरुमा झै  यसपालि पनि जुन १ तारिख आइतबारका दिन ११ बजेदेखि बुसान को 삼락 공원 사상 मा उभौली साकेला  मनाइने भएको छ।   “पहिचानको आन्दोलनमा एकता, भाषा, संस्कार र संस्कृतिको संरक्षण हाम्रो प्रतिबद्धता ” भन्ने मूल नारा सहित साकेला उभौँली किराँत राई जातीहरुको महान चाँड कोरियाको बुसानमा पनि मनाउन लागिएको हो।   किराँत राई जातीहरुले बर्षमा उधौली र उभौली गरी दुईपटक साकेला मनाउने गर्दछन। प्रवासमा पनि आफ्नो परम्परा, रितिरिवाज , संस्कृतीको जगेर्ना र संवर्धन गर्ने उद्धेश्य राखी मनाईने उक्त साकेला कार्यक्रमले राई जातीको मात्रै नभएर सीँगो नेपालको साँस्कृतिक विविधतालाई प्रतिनिधित्व गर्ने भएको हुँदा उक्त कार्यक्रममा कोरियामा रहेका सम्पूर्णलाई उपस्थिती भई दिनुहुन आयोजकले ...
कोरियामा जुन १४/१५ मा भूमे पूजा तथा बनभोज कार्यक्रम हुँदै 

कोरियामा जुन १४/१५ मा भूमे पूजा तथा बनभोज कार्यक्रम हुँदै 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, समाचार
नेपाल मगर संघ दक्षिण कोरियाले भुमे(bhoomyaa) पुजा साथै वनभोज कार्यक्रम यही आउदो जुन १४/१५ तारिखको दिन 경남 창녕군 부곡면 온천로 ५९४ 일성 콘도 मा भब्य रूपमा मनाउने भएको छ।  नेपाल मगर संघ दक्षिण कोरियाका सम्पूर्ण शाखाहरूको आयोजनामा हुने उक्त कार्यक्रमको मुख्य ब्यवस्थापन थेगु शाखाले गरेको छ ।  नेपाली बीच आपासी मेलमिलाप र भेटघाट गरि दुखसुख बाढ्ने र प्रवासमा रहेर पनि मगरहरूको परम्परा देखी चलिआएको आफ्नो भुमे पुजा संस्कृतिलाई बचाई राख्नको लागि यस कार्यक्रमको आयोजना गरिएको अध्यक्ष दिक्षा मगरले जानकारी दिएका छन। भुमे पुजा तथा वृहत पिकनिक कार्यक्रममा नेपालि साथै कोरियन परिकारको साथमा नौमती बाजा,मौलिक नृत्यहरू साथै चर्चित कलाकारहरूको प्रस्तुती रहने कुरा सांस्कृतिक संयोजक जीतन भाई श्रीसले बताएका छन।  कार्यक्रममा सहभागि हुन पुरुषका लागि १ लाख वन,महिलाका लागि ८० हजार वन र विद्यार्थीका लागि ७० हजार वन तय गर...
कालीगण्डकी समाज कोरियाले आउँदो जून ७ र ८ तारिक रमाईलो बनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्ने

कालीगण्डकी समाज कोरियाले आउँदो जून ७ र ८ तारिक रमाईलो बनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्ने

Breaking News, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:कोरिया स्थित कालीगण्डकी समाजले आउँदो जून महिनाको ७ र ८ तारिक दुई दिने "रमाईलो बनभोज तथा भेटघाट कार्यक्रम २०२५" आयोजना गर्ने भएको छ । संस्थाले मनोरञ्जनात्मक लोक दोहोरी, खेलकूद तथा सांस्कृतिक कार्यक्रम सहित [경기도 용인시 처인구 양지면 죽양대로 2071 번길 31 (용인힐링펜션] मा सो कार्यक्रमको आयोजना गर्ने तय गरेको हो । कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध नेपाली दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष कमल अधिकारीले जानकारी दिए । संस्थालाई थप चलायमान गराउनुका साथै वर्षेनी नियमित कार्यक्रमको रुपमा आयोजना गर्दै आईरहेको बनभोज कार्यक्रमलाई निरन्तरता दिँदै यसपटकको कार्यक्रम पनि मनोरम दृश्य अवलोकनसँगै सुविधा सम्पन्न बनभोज स्थल छनौट गरिएकोले ब्यापक सहभागिता हुने आयोजक समाजका संरक्षक राजेश पाण्डेय...
एनओसी बन्द भएपछि कोरिया जान लागेका विद्यार्थी आन्दोलित

एनओसी बन्द भएपछि कोरिया जान लागेका विद्यार्थी आन्दोलित

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरिया जान लागेका नेपाली विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । सरकारले अचानक वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) बन्द गरेपछि समस्यामा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । सो क्रममा उनीहरूले आइतबार सानोठिमीस्थित एनओसी कार्यालय अगाडि प्लेकार्ड सहित धर्ना दिएका हुन् । आन्दोलित विद्यार्थीहरूले पूर्व सूचनाबिना एनओसी बन्द गर्दा आफूहरू समस्यामा परेको बताएका छन् । अध्ययनबाट वञ्चित हुँदा आफूहरूको लगानी खेर जाने अवस्थ आएको उनीहरूको भनाइ थियो । विद्यार्थीहरूले ‘शिक्षा हाम्रो अधिकार हो’, ‘शिक्षा रोक्ने निर्णयले हजारौँ सपना जलिरहेछन्’, ‘हामीले क्षमताले पाएको छात्रवृत्ति तपाईंको राजनीतिले गुम्दैछ’ जस्ता नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए । उनीहरूले सरकारले आफूहरूको भविष्य माथि खेलबाड गरेको आरोप लगाए । सरकारले तत्काल आफूहरूको आवाज सुनेर समस्या सम...
“जब मोटरसाइकल उल्टो हुइँकियो, संस्कृति र स्वास्थ्यको कुरा अगाडि आयो”

“जब मोटरसाइकल उल्टो हुइँकियो, संस्कृति र स्वास्थ्यको कुरा अगाडि आयो”

Breaking news 3, जानकारी, भर्खरै, समाचार
महोत्तरी, १२ जेठ – मोटरसाइकल उल्टो दौडिएको थियो, तर उद्देश्य अगाडि बढाउने खालको थियो । बर्दिवासका स्वास्थ्यकर्मी एवं गायक जिवनाथ पोखरेल 'जेबी'ले ‘मधेश–महाभारत उल्टो मोटरसाइकल यात्रा’ सम्पन्न गरेपछि चर्चाको भर्खरै अर्को अध्याय थपिएको छ । पोखरेलको यात्रा बर्दिवासदेखि सुरु भई सिन्धुलीको राष्ट्रिय कलाघरसम्म पुगेको हो, जहाँ २५ जनाको टोलीले संस्कृतिको धुनमा स्वास्थ्य सन्देश गुञ्जायमान पारे । ‘उल्टो’ तरिकाबाट ‘सीधा’ सन्देश दिन खोज्ने यो अभियान बर्दिवास नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो । पछिल्लो समय गिनिज बुकमा नाम लेखाउने सपना बोकेर अघि बढिरहेका जेबीलाई सहरको भीडले होइन, गाउँको संस्कृति र जनताको माया तानिरहेछ । “हामी आफैंमा शक्ति छ, त्यो चिनाउन यो उल्टो यात्रा प्रतीक हो,” पोखरेलको नजरमा यो केवल यात्रा थिएन – अभियान थियो ।...
नेपाल तामाङ घेदुङ जेजुदो शाखाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा विमल तामाङ चयन

नेपाल तामाङ घेदुङ जेजुदो शाखाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा विमल तामाङ चयन

जानकारी, भर्खरै, समाचार
नेपाल तामाङ घेदुङ, दक्षिण कोरिया जेजुदो शाखाको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले विमल तामाङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा प्रतिज्ञा लामा, उपाध्यक्षमा गंगा ब्लोन तामाङ, महिला उपाध्यक्षमा ऋचा ब्लोन चयन भएका छन् । महासचिवमा प्रतिक तामाङ, सचिवहरूमा सानुमाय तामाङ र विमान सिं तामाङ, कोषाध्यक्षमा विन्दर ब्लोन तामाङ तथा सह–कोषाध्यक्षमा युन्मी तामाङ चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा सञ्जय कुमार लामा, सुनिल कुमार वाइबा, वान्छेन तामाङ, ममता मोक्तान, सन लामा, गोबिन तामाङ, सबिता तामाङ र पुजा ब्लोन रहेका छन् । तत्कालिन अध्यक्ष सुनिता ब्लोनको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेपाल तामाङ घेदुङ, दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्याङतान प्रमुख अतिथि रहेका थिए । अन्तर्राष्ट्रिय तामाङ परिषद्का सचिव शुभराज भोम्जनको...
तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको चौथो अधिवेशनबाट प्रवेश गुरुङ नेतृत्वको कार्यसमिति चयन

तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको चौथो अधिवेशनबाट प्रवेश गुरुङ नेतृत्वको कार्यसमिति चयन

जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न भएको छ । किम्हे सहरमा २५ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट प्रवेश गुरुङ अध्यक्ष रहने गरि चौथो कार्यसमिति गठन भएको हो । संस्थाका शाखा अध्यक्ष गितासिंह गुरुङ (बिक्रम)को सभाध्यक्ष र तमू धीं दक्षिण कोरिया केन्द्रीय अध्यक्ष रुपा गुरुङको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । शाखाका उपाध्यक्ष प्रवेश गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा संस्थाका सचिव हेमन्त गुरुङले प्रगति विवरण र कोषाध्यक्ष जीवन गुरुङले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि संस्थाका केन्द्रीय अध्यक्ष रुपा गुरुङले परदेशी भूमिमा आफ्नो जातीय अस्तित्व संरक्षण र सम्बर्द्धन गर्दै अपनत्व महसूस हुने गरि तमू धींले विविध सामाजिक कार्य गर्दै आईरहेको सन्दर्भ ...