विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रदेशमा पनि खेल विकास अनि नेपालीहरूबीच आत्मयता बढाउने सोचले यहि आउदो जुन २३ तारिखका दिन याङ्सानमा याङ्सान नेपाली परिवार र याङ्सान एनएफसिले इन्टर ख्यङनाम फ्रेण्डलि फुटसल टुर्नामेन्ट २०२४ आयोजना गर्ने भएको छ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १० लाख र ५ लाख कोरियन वोन प्रदान गरिने र सेकेन्ड रनरअप लाइ मेडल र ट्रफि सहित २ लाख वन प्रदान गरिने साथै र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर ,high scorer लाइ जनही ५०/५० हजार कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ।
आयोजकका अनुसार टीम दर्ता गर्न IBK BANK को खाता नम्बर 22132950202019 मा PAUDEL SANJAY को खातामा जुन १६ तारिख मध्याो१२ बजे सम्ममा टीम दर्ता शुल्क : २ लाख वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताइएको छ। टुर्नामेन्ट “A” पोल र “B” पोल गरी हार्नेले पनि एक पटक मौका पाउने गरि खेलाइनुको साथै टुर्नामेन्टमा सहभागिता जनाउने सम्पूर्ण टिमहरूलाई निःशुल्क खाजा पानीहरूको समेत व्यवस्था गरेको आयोजकले जनाएको छ।
याङ्सान नेपाली परिवार र याङ्सान एनएफसिले आयोजना गरिने उक्त प्रतियोगितामा दक्षिण कोरियाको ख्यङनाममा रहेका सम्पुर्ण फुटसल क्लबहरुलाई समयमै टीम दर्ताको लागि आयोजकले हार्दिक अपिल समेत गरेको छ।









